७ पुस २०८१ आइतबार
image/svg+xml

चाचाको कुटाइबाट घाइते गोरे कहाँ छन्

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती ‘गोरे’ घाइते अवस्थामा फरार भएका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले चाचाजी भनिने महावीर गोल्यान र एमके भनिने मोहन अग्रवाल समूहको कुटाइबाट गोरे घाइते भएको सुराकी पाएको हो । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गोरेविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ।

श्रीमानको कुटाइले उपमेयर घाइते

श्रीमानको कुटाइबाट गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी कुवँर घाइते भएकी छन् । घरायसी विवादका कारण मंगलबार राती श्रीमान ध्रुव कुँवरले उनीमाथि हात हालेको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।

वाम गठबन्धन कार्यकताको कुटाइबाट चार प्रहरी घाइते

वाम गठबन्धनका कार्यकर्ताको आक्रमणमा परी गस्तीमा रहेका चारजना प्रहरी घाइते भएका छन्। गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोड समेत गरेको छ। शुक्रबार राति जिल्ला वन कार्यालय अगाडि रहेको प्रहरी गस्तीलाई लक्ष्य गरी मदिरा सेवन गरेका उनीहरुले ढुंगामुडा गरेका थिए।

सालोको कुटाइबाट भिनाजुको ज्यान गयो

मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ। घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए।

तस्करको कुटाइ खाएका प्रहरीले गोली चलाउँदा निर्दोष घाइते

कैलालीको पथरैयामा काठ तस्कर र प्रहरीबीच गएराति झडप हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय वीरेन्द्र जैशी र अमरावती प्रहरी चौकीका सई रहेका छन्।

श्रीमानको कुटाइबाट महिलाको मृत्यु

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उनका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ।

श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यु

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उनका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ।

एमाले सांसदले पार्टी केन्द्रीय कार्यालयमै कुटाइ खाए

स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमाले सांसद लालबहादुर रावल आफ्नै कार्यकर्ताबाट कुटिएका छन्। बिहीबार दिउँसो धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरभित्रै उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन्।

पतिको कुटाइले महिलाको मृत्यु, खर्च नहुँदा अस्पतालले पनि हेरेन

घरेलु हिंसामा परेकी रोल्पा थवाङ–८ की ४८ वर्षीय सुनकुमारी नेपालीको बेलैमा राम्रो उपचार हुन नपाएपछि भैरहवामा उपचार गर्दागर्दै मृत्यु भएको छ। भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गर्र्दागर्दै शनिबार साँझ उनको मृत्यु भएको हो।

भाइको कुटाइबाट दाजुको मृत्यु

-उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ ।गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्