१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्याराग्लाइडिङ दुर्घटनामा रसियन पाइलटको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ। सराङकोटबाट उडान लिने क्रममा बजारिएर रसियस सोलो पाइलट डिएमआई डिभिएलको उपचारको क्रममा मृत्यु भएको प्रहरी इनिस्पेक्टर गणेश सुवेदीले बताए।

रामेछापमा माइक्राे दुर्घटना हुँदा एककाे मृत्यु

रामेछापको सदरमुकाम मन्थलीबाट मालुखोला जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मन्थली नगरपालिका १ आकाशेपुल नजिक बा १ ज ९९०१ नम्बरको माइक्रो बस दुर्घटना हुँदा मुस्ताङ घर भएका ४५ वर्षीय रामप्रसाद तुलाचनको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सभामुख महराले भेटे आङछिरिङका परिवारलाई

सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटेका छन्। सोमबार दिउँसो वालुवाटारस्थित शेर्पाको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिएका हुन्।

एकजना रुखमा अड्किए, अर्का विद्युतको तारमा अल्झिए

प्याराग्लाइडिङ दुर्घटनामा परेर सोमबार पनि दुईजना विदेशी पाइलट घाइते भएका छन्। अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य छन्।

हेलचक्रयाइँले दुर्घटना बढ्दै

आखिर किन हुन्छन् पोखराको आकाशमा बारम्बार प्याराग्लाइडिङ दुर्घटना ? नेपाल हवाई खेलकुद संस्था (एनएए) का उपाध्यक्ष सोवित बानियाँ भन्छन्, ‘जसले जहाँबाट उडे पनि रोकतोक छैन। आकाशमा उड्ने प्याराग्लाइडिङलाई कतैबाट नियमन हुँदैन। मनपरी भएकाले जोकोही जहाँ पायो त्यहींबाट उड्छन् अनि एकआपसमा ठोक्किएर दुर्घटना हुन्छ। कतिपयले मौसमको ख्यालसमेत गर्दैनन्।’ उनका अनुसार पोखराको आकाशमा उड्न आएका विदेशी पाइलटले त ‘टेकअफ’ र ‘ल्यान्डिङ’ क्षेत्रसमेत अध्ययन गर्दैनन्।

मोटरसाइकल दुर्घटनामा किशोरीको मृत्यु

पर्साको जगरनाथपुर–६ प्रसौनी बहुवरीस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ भने मोटरसाइकल चालक युवक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार राति ८ भएको दुर्घटनामा पर्सागढी नगरपालिकाको हरपुर जिग्नाकी १६ वर्षीया प्रतिमा कुमारी पासवानको घटनास्थलमै मृत्यु भएको हो।

टेकु घाटमा आङछिरिङ शेर्पाको अन्त्यष्टि

नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अन्तिम संस्कार गरीएको छ। आज धार्मिक परम्परा अनुसार टेकु घाटमा उनको अन्तिम संस्कार गरीएको हो।

फेवातालमा प्याराग्लाइडर दुर्घटना, पाइलटको मृत्यु

फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु भएको छ। रोमानीयाका सोलो पाइलट इडिकको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सराङकोटबाट उडेका उनी ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेका थिए।

भिआइपीको सुरक्षा सवाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि अतिविशिष्ट तथा विशिष्ट व्यक्ति (भिभिआइपी र भिआइपी) को सुरक्षा सावधानीबारे थुप्रै सवाल÷प्रश्न उठेका छन्। एक हिसाबले भन्ने हो भने अतिविशिष्ट एवं विशिष्ट व्यक्तिको आवागमनमा के–कस्ता सावधानी अपनाउनुपर्ने भन्ने पनि बहसको विषय भएको छ।

क्षतिपूर्तिका लागि हारगुहार

दुर्घटना भएको महिना दिन भइसक्दा पनि ठक्कर दिने गाडी पत्ता नलाग्दा मृतकका परिवारले क्षतिपूर्ति तथा घाइतेले उपचार खर्च पाउन सकेका छैनन्। गत माघ १५ गते महोत्तरीमा भएको दुर्घटनामा परी मृत्यु भएका सर्लाहीको ईश्वरपुर नगरपालिका–४, शान्तिपुरका २८ वर्षीय चित्रकुमार जोगी र गम्भीर घाइते भएका १८ वर्षीय भुवन जोगीका परिवारले सम्बन्धित पक्षबाट पाउनुपर्ने रकम पाउन नसकेका हुन्। पीडित पक्षले आफूले पाउनुपर्ने राहत दिलाइदिन विभिन्न निकायसँग हारगुहार गरिरहेका छन्।

प्रहरीलाई छल्दा जिप दुर्घटना

दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्तरतर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइँदैन। सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ।

नाम मात्रैको भीआईपी सुरक्षा

भीआईपीको सुरक्षाका लागि खटिने अंगरक्षको अधिकारका विषयमा सोच्ने बेला भएको छ। अहिले नेपालका अंगरक्षक भीआईपीको पछाडि उभिने काममा मात्र सीमित छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा उनका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको समेत मृत्यु भयो। अस्वस्थ बनेका अंगरक्षक घिमिरे मन्त्रीको भ्रमणमा सहभागी थिए। जानैपर्ने बाध्यताका कारण उनी मन्त्री अधिकारीसँगै हेलिकप्टरमा थिए।

फुङ्लिङ बजारमा सवारी दुर्घटना

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा शनिवार बिहान ९ बजे  भएको सवारी दुर्घटनामा परी १ महिला सिकिस्त घाईते भएकी छन्। उनलाई उपचारका लागि जिल्ला अस्पतामा भर्ना गरिएको छ।

अधिकारीसहित ६ को अन्त्येष्टि

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सातमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ। मन्त्री अधिकारीको उनको गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

दार्चुला जीप दुर्घटना (अपडेट ) : एघारै जनाकाे सनाखत

दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनाका सबैको सनाखत भएको छ।  सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्