२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बजेटपछि ४४ अङ्कले घट्यो शेयर बजार

सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन्।

साताको शेयर बजारः दुई अर्ब ७५ करोडको कारोवार

धितोपत्र बजारमा यस साता दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ।

शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री डा युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्।

साताको शेयर बजारः चार अर्ब माथिको कारोवार

धितोपत्र बजारमा यस साता चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ। कारोवार मापक नेप्से परिसूचक १६.८६ बिन्दुले बढेको छ।

शेयर बजारः पाँच अङ्कले घट्यो

धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दशमलव ५५ अङ्कमा पुगेको छ।

साताको शेयर बजार : चार अर्बको कारोवार

धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ। कूल चार दिनमा भएको कारोवार रकम चार अर्ब रुपैयाँमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ।

सोलुमा पुँजी बजारबारे अन्तरक्रिया

नेपाल धितोपत्र बोर्डको आयोजनामा जिल्लामै पहिलो पटक पुँजी बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। सर्वसाधारणमा सेयर बजारबारे आधारभूत जानकारी दिलाउने उद्देश्यले जिल्ला उद्योग वाणिज्य संघको सहकार्यमा उक्त अन्तरक्रिया आयोजना गरिएको हो।

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला

नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ। कारोवार रकममा समेत उच्च वृद्धि भएको छ। शेयर बजारले लय समातेको पाइएको छ।

कमोडिटी सञ्चालन गर्न इच्छुक सबै कम्पनी ‘अयोग्य’

कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न इच्छुक भएर आवेदन दिएका सबै (पाँच) कम्पनी त्यसमा अयोग्य ठहरिएका छन्। नेपाल धितोपत्र बोर्डले एक वर्षअघि कमोडिटी एक्सचेन्ज कम्पनी स्थापना गर्न इच्छुकलाइ आवेदन दिन आह्वान गरेको थियो।

नबिल म्युचुअल फन्ड

नबिल बैंकले पहिलो रोजाइको सम्पूर्ण वित्तीय सेवा प्रदायक बन्ने लक्ष्य अनुरुप नेपालको पुँजी बजारमा सामूहिक लगानी कोष अन्तर्गत विभिन्न योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डमा ‘नबिल म्युचुअल फन्ड’ दर्ता गराएको छ।

अब १० कित्ता सेयर भर्न पाइने

नेपाल धितोपत्र बोर्डले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ। यसअघिको कम्तीमा ५० कित्ता सेयर खरिद गर्नुपर्ने व्यवस्थामा परिवर्तन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको छ। सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता सेयर पाउने समावेशी वितरण प्रणाली र आस्वा व्यवस्था २०७३ साल देखि लागू भएपछि काठमाडौंबाहिर सहित देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको छ। तथापि यसलाई अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको बोर्डको भनाइ छ।

सलूमा सेयर सचेतना कार्यक्रम

नेपाल धितोपत्र बोर्डको सहकार्यमा विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले ग्रामीण लगानीकर्तामा सेयर बजार विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। सल्लेरीमा आयोजित लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि र अध्ययन अनुसन्धानमा प्रोत्साहन तथा व्यावसायिकता विकास कार्यक्रमको अवसरमा सेयर किन्दाको जोखिम र लाभबारे जानकारी दिइएको हो।

ब्याज नघट्दा उकालो लागेन सेयर

लामो समयदेखि सेयर बजार उकालो लाग्न नसक्नुको एउटा प्रमुख कारण सेयर धितोमा राखेर दिने कर्जाको ब्याज चर्को हुनु रहेको सरोकारवालाले बताएका छन्। बैंक, वित्तीय संस्थाहरुले सेयर धितो राखेर १४–१५ प्रतिशत ब्याजमा ऋण दिँदै आएका छन्। यस्तो चर्को ब्याजमा लिएको ऋणले सेयर खरिद गर्दा आम्दानी नहुने देखेर लगानीकर्ताले सेयर किन्न नचाहेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्