२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सलूमा सेयर सचेतना कार्यक्रम

सोलुखुम्बु - नेपाल धितोपत्र बोर्डको सहकार्यमा विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले ग्रामीण लगानीकर्तामा सेयर बजार विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। सल्लेरीमा आयोजित लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि र अध्ययन अनुसन्धानमा प्रोत्साहन तथा व्यावसायिकता विकास कार्यक्रमको अवसरमा सेयर किन्दाको जोखिम र लाभबारे जानकारी दिइएको हो।

कार्यक्रममा सहभागीले सचेतना कार्यक्रम प्रभावकारी बनेको बताए। ग्रामीण भेगमा सुनेको भरमा लगानी गर्दै आएका सर्वसाधारणलाई जिल्लामै पहिलोपटक भएको कार्यक्रमले आधारभूत जानकारी दिलाएको तिङलाकी मन कुमारी बस्नेतले बताइन्। उनले भनिन्, ‘सेयरको फाइदाबारे विस्तृत जानकारी थिएन। आज धेरै कुरा बुझ्न पाएँ।’ सचेतना अपनाउन पुग्ने जानकारी पाएको उनको भनाइ छ।

आइएफसीले स्थानीय सेयरसम्बन्धी अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको छ भने नेपाल धितोपत्र बोर्डद्वारा सेयर खरिद बिक्री, कारोबार गर्ने तरिका, लगानीका लाभ र जोखिमसहित धितोपत्र बजारबारे जानकारी दिइएको हो। कार्यक्रममा स्थानीय तहका अधिकारी, नागरिक समाजका नेतृत्वकर्ता, महिला समूहका सदस्य तथा विभिन्न समुदायका सदस्य सहभागी थिए।
नेपालका जलविद्युत् आयोजनाले जारी गरेका सेयरमा स्थानीयको माग बढ्दै गए पनि जोखिमबारे राम्रोसँग नबुझी, अरुकोे लहलहैमा, परिवार तथा साथीभाइको सुझावका आधारमा लगानीको निर्णय गर्ने गरेको आइएफसीले निष्कर्ष निकालेको छ। लगानीकर्तामा रहेको ज्ञानको अभाव पूरा गर्न सम्भाव्य सेयरधनी, विपन्न एवं जोखिमयुक्त समुदायलाई लक्षित गरेर धितोपत्र बोर्डले पनि सचेतनामूलक कार्यक्रम गर्दै आएको जनाएको छ। अधिकांश लगानीकर्ताले स्थानीय सेयर खरिदका लागि ऋण वा बचतको प्रयोग गर्ने गरेका छन्। धितोपत्र बोर्डका निर्देशक तेजप्रसाद देवकोटाले भने, ‘सेयर बजारको खरिद बिक्रीबारे लगानीकर्तामाझ यथार्थ जानकारी पु¥याउन सचेतना कार्यक्रम बनाएका हौं।’ आइएफसीको कन्सल्ट्यान्ट सोफिया खातुन तमोटले सेयरधनीका लागि सूचना प्रणालीमा पारदर्शिता तथा जवाफदेहिता बढाउन आवश्यक रहेको बताए। उनले भने, ‘निजी कम्पनीको हकमा सेयर वितरण प्रणालीको विकल्पमा पनि विचार गर्नुपर्ने निष्कर्ष निकालेका छौं।’

प्रकाशित: २१ चैत्र २०७५ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App