२ मंसिर २०८१ आइतबार
image/svg+xml

बेनीमा ९ दिनदेखि खानेपानीको अभाव

म्याग्दी– सदरमुकाम बेनीमा नौ दिनदेखि खानेपानीको हाहाकार भएको छ। बेनीमा खानेपानी वितरण हुँदै आएको आयोजनाको पाइप लाइनका ठाउँ-ठाउँमा पहिराले पाइप फुटाएपछि खानेपानी आपूर्ति बन्द भएको हो। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले राम्चे गाविसस्थित पुम्दीखोला र भकिम्ली गाविसको दूधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनीसहित बगरफाँट र मङ्गलाघाट क्षेत्रका ९५० घरमा खानेपानी आपूर्ति गर्दै आएको छ।

खानेपानी तथा सरसफाइ मन्त्रीद्वारा राजीनामा

समाजवादी जनता दलबाट मन्त्री बनेका प्रेमबहादुर सिंहले पदबाट राजीनमा दिएका छन्। वर्तमान केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि खाने पानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी सम्हालेका सिंहले राजीनामा दिएका हुन्।

मातातीर्थका ४ खानेपानी उद्योगमा शिलबन्दी

काठमाडौं– विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले सोमबार मातातीर्थ क्षेत्रका ४ पानी उद्योगलाई शिलबन्दी गरेको छ। मातातिर्थ क्षेत्रमा सञ्चालित पानी उद्योगहरुको अनुगमन निरीक्षणका लागि सञ्चारकर्मीहरुसहित त्यस क्षेत्रमा पुगेको टोलीले मातातीर्थ स्प्रिङ वाटर एन्ड वेभरेज प्राली र स्प्रिङ मिनरल वाटर अफ मातातीर्थ प्राली, सगरमाथा फुड एण्ड वेभरेज र राेयर स्प्रिङ मिनरल एण्ड वेभरेज प्रालीको उत्पादन प्लाण्टमा शिलबन्दी गरेको हो।

खोला धमिलियो, खानेपानी हाहाकार

झापाका विभिन्न ग्रामीण इलाकामा खानेपानी समस्या भयावह बन्दैछ। मनसुन सुरु भएर खोलानाला धमिलिन थालेपछि त धेरै ठाउँमा खानेपानीको हाहाकार नै हुने गरेको छ। सरकारले २०६२ सालमै पानीको राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरेर २०७२ सालमा पानी वितरण गर्ने संस्थाले सुरक्षित पानी वितरण गर्नुपर्ने नीति अघि सारेको थियो।

खोला धमिलियो, खानेपानी हाहाकार

झापाका विभिन्न ग्रामीण इलाकामा खानेपानी समस्या भयावह बन्दैछ। मनसुन सुरु भएर खोलानाला धमिलिन थालेपछि त धेरै ठाउँमा खानेपानीको हाहाकार नै हुने गरेको छ। सरकारले २०६२ सालमै पानीको राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरेर २०७२ सालमा पानी वितरण गर्ने संस्थाले सुरक्षित पानी वितरण गर्नुपर्ने नीति अघि सारेको थियो।

एक वर्षभित्रमा इटहरीमा चौविसै घण्टा खानेपानी

इटहरीमा खानेपानीको संकट गहिरिँदै गएकोमा थप योजनाको काम पूरा गरी एक वर्षभित्रमा चौबिसै घण्टा वितरण गरिने भएको छ। १२ करोडभन्दा बढीको लागतमा थप योजनाको काम युद्धस्तरमा भइरहेकाले वर्षभित्रमा एक करोड ६० लाख लिटर दैनिक पानी वितरण गरेर २४ सै घण्टा वितरण गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्