७ आश्विन २०८१ सोमबार
image/svg+xml

एमाले महाधिवेशनः बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया

केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो।

एमाले महाधिवेशनः अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ।

एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने

एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको छ। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न १०औ अन्तर्राष्ट्रिय महाधिवेशन सन्दर्भमा संघले एक प्रेस विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको हो।

चुनावमा एमालेले बहुमत ल्याउँछ:ओली

‘हामीले जनताबीच जाने बाटो चाहेका थियौं, त्यसलाई रोकेर परमादेश ल्याइयो’, ओलीले भने, ‘एमालेका लागि होइन,यो देशको रक्षाका लागि पनि एमालेले अब हुने चुनावमा बहुमत ल्याउनुपर्छ, ल्याउँछ।’

एमाले देशको सबैभन्दा ठूलो पार्टी होः कमल थापा

उनले महाधिवेशनमा आएका प्रतिनिधिहरुले दिगो शान्तिको लक्ष्यबारे गम्भीर भएर सोच्न पनि आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवा चितवनमा

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन्। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आइपुगेका हुन्।

एमाले महाधिवेशनः सांस्कृतिक प्रस्तुति जारी

विभिन्न ठाउँबाट झाँकी र र्‍यालीसहित एकीकृत जनसमुदायका उपस्थितिमा शङ्ख र घण्ट बजाएर सांस्कृतिक कार्यक्रम सुरु भएको छ। पाँच लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्।

यसरी हुँदैछ आज महाधिवेशन उद्घाटन

महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

प्रदेश १ बाट एमाले महाधिवेशनमा ४ सय ५० बस सौराहा प्रस्थान

नेकपा एमालेको १०‍औं राष्ट्रिय महाधिवेशनका लागि ४ सय ५० बस सौराहा प्रस्थान गरेका छन्। प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको छ।

एमाले महाधिवेशनः चितवन पुगे अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन्।

एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ। महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ। महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ।

परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित

महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री,एक कोषाध्यक्ष गरी १०१ सदस्यीय केन्द्रीय कार्यसमितिको पनि निर्वाचित गरेको छ।

महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटीकाे बैठक बस्दै

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकले महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक, गैँडाको हातमा झन्डा

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

एमाले महाधिवेशनको बन्दसत्र होटल सेभेन स्टारमा

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ। सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्