५ आश्विन २०८१ शनिबार
image/svg+xml

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई दिएर मनाइएको छ । बलिउड अभिनेत्री मनिषा कोइरालाले भाई सिद्धार्थ कोइराला र कोइराला परिवारसँग भाइटिका मनाएकी छिन् । अभिनेता अनमोल केसीले दिदी काजोल केसीको हातबाट टिका थापेका छन् । त्यस्तै कलाकारहरु प्रियंका कार्की, ऋचा शर्मा, रेखा थापा, इन्दिरा जोशी र साम्रागी राज्यलक्ष्मी राणा लगायतले आ–आफ्ना दाजुभाइलाई टिका लगाई दिएर भाइटिका मनाएका छन् ।

राष्ट्रपतिबाट भाइटीका प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिइन्।

आज भाइटीका, ११ः५१ बजेको साइत उत्तम

यमपञ्चक अर्थात् तिहारको पाँचौंं एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

बनेन बालगोपालेश्वर मन्दिर : फोटो राखेर भाइटीका

दिदीबहिनी नभएका दाजुभाइलाई भाइटीका लगाइलिएर खुसी बाँड्दै आएकी अम्बिका कपाली पछिल्ला दुई वर्षदेखि त्यति रमाउन सकेकी छैनन् ।   रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई ०७२ को भूकम्पले भत्काएसँगै उनले उमंगसाथ भाइटीका मनाउन नपाएकी हुन् । वर्षमा एकपल्ट भाइटीकाका दिन मात्र खुल्ने यही मन्दिरभित्र बसेर उनले धेरैलाई भाइटीका लगाइदिँदै आएकी थिइन् । भूकम्पपछि भने उनले मन्दिरको मूलगेटमा मूर्तिको तस्बिर अगाडि राखेर टीका लगाइदिँदै आएकी छन् ।   ‘यसरी भाइटीका लगाउँदा पहिलेजस्तो रमाइलो हुँदैन,’ उनले भनिन्, ‘मन्दिरकै प्रांगणमा लगाउँदा बेग्लै रमाइलो हुन्थ्यो, भत्केको संरचना देख्दा मन खिन्न हुन्छ ।’

भाइटीकाको साइत ११ः५१ बजे

यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।  समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए। उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ।

भाइटीकाका दिन संसद् विघटन

संविधान जारी भएपछि व्यवस्थापिका संसद्मा रुपान्तरण भएको संसद् कात्तिक ४ गते भाइटीकाको दिन स्वतः विघटन हुने भएको छ।

बसाइ लम्ब्याउन पाेखरामा पर्यटकलाई भाइटीका

हल्यान्डकी हिल्ट्जे भ्यानदोस्रोपटक पोखरामा भाइटीका महोत्सवमा सहभागीभइन् । एकैखाले कार्यक्रममा दोहो¥याएर भागलिनपाउँदामंगलबार उनीनिकै खुसीथिइन् । ‘म सारै नै भाग्यमानी रहेछु । नेपालीको महान चाड मैले दोस्रोपटक पनिमनाउनपाए,’उनले भनिन् ।

राष्ट्रपति भण्डारीबाट भाइटीका प्रदान (तस्बिरसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिन्। भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो।

आज भाइटीका, उत्तम साइत ११: ५२ मा

यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

भाइटीकाको साइत ११ बजेर ५२मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेकाे जनाएकाेछ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्