७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बाढीपहिराबाट सिन्धुलीका ३१ घरमा क्षति

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ। बाढीले खेतसमेत बगाएको छ।

क्याङरुङ गाउँ पहिराेकाे उच्च जोखिममा

लगातारको वर्षाले पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको क्याङरुङ गाउँ पहिराेले उच्च जोखिममा परेको छ।

सप्तरीमा वर्षाले धानबालीमा क्षति

लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्‍याएको छ। काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन्।

हुम्लामा पहिरोले घर पुरिँदा छ जना बेपत्ता

लगातारको वर्षाका कारण पहिराले घर पुरिँदा हुम्लामा एकै घरका छ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका धनवीरे शाहीको घरमा मंगलबार राति साढे आठ बजेतिर माथिबाट आएको पहिरो खसेको थियो।

लगातारको वर्षाले सम्पर्कविहीन सातजनाको उद्धारमा कठिनाइ

लगातार वर्षा र चिसो हावा चलेका कारण उनीहरुको उद्दारमा समस्या भएको हो। औँलाजाका उनीहरु जेठ ३१ गते गाई, भैंसी र बाख्रा लिएर भेरीगोठका लागि ११ जना पाटन गएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्