ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ।
मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ।
एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा आज बनेपामा एक युवतीको मृत्यु भएको छ ।
सवारी दुर्घटना न्युनीकरण गर्न बाँकेमा ट्राफिक प्रहरीले जनचेतना मुलक कार्यक्रम चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चिसो मौसममा बाक्लो मात्रामा हुस्सु लाग्दा हुने दुर्घटना रोकथाम गर्न ट्राफिक प्रहरीले ट्याक्टरको ट्रलीमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियानलाई ब्यापकता दिएको हो ।
काठमाडौं उपत्यकामा दैनिक औसत १६ सवारी दुर्घटना हुन्छन् । अरु सवारीसाधन भन्दा ट्रिपर–ट्यांकर बढी दुर्घटनामा पर्ने गरेको मृत्यु हुनेमा पनि ट्रिपर–ट्यांकरकै बढी हुनेगरेको तथ्यांकले देखएको छ । उपत्यका ट्राफिक महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा उपत्यकामा ट्रिपर–ट्यांकरका कारण ५७ जनाको ज्यान गयो । यसरी मृत्यु हुने अधिकांशको ट्रिपर–ट्यांकरले ठक्कर दिँदा ज्यान गएको हो ।
नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ। तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८ः०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो। हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।
दक्षिण अफ्रिकामा विहीबार भएको एक रेल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका चिकित्सक तथा प्रत्यक्षदर्शीले बताएका छन्।
रुकुम पश्चिममा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन्।
पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।
ल्याटिन अमेरिकी मुलुक पेरूमा एक यात्रुवाहक बस दुर्घटना ४८ जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।
काठमाडौं तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति १२ः१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो ।
इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार एक यात्रुवाहक डुङ्गा दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। इन्डोनेसियामा भएको यो पछिल्लो भीषण दुर्घटना हो ।
काभ्रेपलाञ्चोकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नंको यात्रुबाहक बसले सोही बसबाट झर्दै गर्दा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–१ का ३७ वर्षीया फूलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए।
केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान ४ः०० बजे लैनचौरमा बा९०प १४०० नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो।
ल्याटिन अमेरिकी मुलुक कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरूमा १० अमेरिकी नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।