भारतमा सडक दुर्घटनामा सातको मृत्यु
पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले बताएकाे छ ।
पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले बताएकाे छ ।
बुधबार काठमाडौंको बत्तिसपुतलीमा पानीट्यांकरले ठक्कर दिँदा काठमाडौं धापासी बस्ने २७ बर्षीया बिमाकुमारी थापाको निधन भयो । गुल्मी मुसिकोटकी थापाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।
हेटौँडाबाट काठमांडौँतर्फ जाँदै गरेको मझौला तथा टेम्पो यातायात संघको ना१च १९३९ नंको टाटासुमो आज बिहान दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन् भने अन्य छ जना सामान्य छन्।
फिलिपिन्समा क्रिसमस मनाउन गईरहेका मानिस बोकोको एक भ्यान र यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ।
भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
वीरगन्ज महानगरपालिका–१८ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार भएको भीषण आगलागी आवश्यक तथा अनिवार्य सावधानी नअपनाउँदा भएको प्रारम्भिक स्थलगत अवलोकनमा पाइएको छ । वीरगन्ज महानगरपालिका कार्यालयका बारुणयन्त्रका दुई अग्निनियन्त्रकको जलेर घटनास्थलमै ज्यान गयो भने दुईजना गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।
बुद्धभूमि नगरपालिका वडा–२ कुत्र्दे खोला नजिक विहीबार साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएको छन्। बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नंको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्घेले जनाएको छ।
फिलिपिन्समा करिब २५१ यात्रु सवार एक डुङ्गा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। बिहीबार भएको सो दुर्घटनाग्रस्त डुङ्गामा रहेका २५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएका छन्।
वीरगन्जमा रहेको सुपर ग्यास उद्योग प्रालिमा बुधबार भएको दुर्घटनाको विषयमा छानबिन गर्न दुई समिति गठन भएका छन् । नेपाल आयल निगम र ग्यास उद्योगीले बुधबार छुट्टा–छुट्टै छानबिन समिति बनाएका छन् । ग्यास अनलोड गर्ने क्रममा सुपर ग्यासको बोटलिङ प्लान्टमा बुलेटबाट ग्यास चुहावट भएर मानवीय र करोडौंको क्षति भएपछि छानबिन गर्न लागेका हुन् ।
लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । मंगलबार साँझ ग १ ख ४९९९ नम्बरकाे ट्रकले ग २ प ९६९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल मिलनटोल बस्ने २४ वर्षीया सरिता गौलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्कीिस्थित जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।