पोखराका होटलः अग्रिम बुकिङ धमाधम रद्द
केहीदिन अघिको बाढी पहिरोले काठमाडौंलाई पर्यटकीय सहरसँग जोड्ने मुख्य राजमार्ग क्षतविक्षत पारेर यात्रा असुरक्षित भएपछि अहिले विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका होटलका कोठा धमाधम रद्द गरिरहेका छन्।
केहीदिन अघिको बाढी पहिरोले काठमाडौंलाई पर्यटकीय सहरसँग जोड्ने मुख्य राजमार्ग क्षतविक्षत पारेर यात्रा असुरक्षित भएपछि अहिले विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका होटलका कोठा धमाधम रद्द गरिरहेका छन्।
पर्यटन क्षेत्रमा मुख्य सिजन चलिरहँदा पोखराका होटल व्यावसायीले पाहुना अभाव भएको भन्दै होटलमा ३० प्रतिशत छुटको घोषणा गरेका छन्। मंगलबारदेखि लागु भएको छुट आन्तरिक तथा बाह्य सबैखाले पर्यटकलाई हुने होटल संघले बताएको छ। अहिलेको छुट तिहारसम्म लागु हुने संघले बताएको छ। सेप्टेम्बर–नोभेम्बर पर्यटन क्षेत्रमा मुख्य सिजन मानिन्छ। व्यावसायीले मुख्य सिजनमा होटलमा यो आकारको छुट दिएको पहिलो पटक हो।
पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ।
व्यावसायिक प्रतिश्पर्धा अधिक भएको तर, पाहुना आगमनमा सोचेजस्तो सुधार नहुँदा पोखराको पर्यटन क्षेत्रले आम्दानी गर्न नसकेको गुनासो यहाँका व्यावसायीले गर्ने गरेका छन्। पाहुना आगमनको उतारचढावले व्यावसायमा लाभ नपाएको उनीहरुको भनाई छ। पाहुनाको माग बढी तर, आगमन कम हुँदा प्रतिश्पर्धा बढ्दै जाँदा वर्षाै अघिदेखिकै मूल्यमा होटलको कोठा बेच्नुपरेको व्यावसायीको भनाई छ।
पोखराका धेरैजसो होटलले क्रिसमस र नयाँवर्ष को अवसर पारेर विभिन्न प्याकेज ल्याएका छन्। यसले पोखरामा थप आन्तरिक पाहुना भित्र्याउन सघाउने व्यावासायीको अपेक्षा छ। अघिल्ला वर्ष भन्दा यो पटक बढी पाहुना पोखरा भित्र्याउने लक्ष्य सहित सडक महोत्सवको तयारी गरिरहँदा होटलले आकर्षक प्याकेज ल्याउने गरेको व्यावसायीको भनाई छ।
सुस्ताएको पर्यटन क्षेत्र उकास्नका लागि होटल संघ पोखराले १८ औं संस्करणको फेवा नववर्ष महोत्सव आयोजना गर्ने भएको छ। चैत २९ देखि बैशाख १ गतेसम्म आयोजना हुने महोत्सव पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा संचालन हुनेछ। संघले आन्तरिक पर्यटक भिœयाउनका लागि महोत्सव सहयोगी बन्ने बताएको छ।
पर्यटन क्षेत्रका व्यवसायीले ल्याउने प्याकेज जुनसुकै बेलाका पनि आकर्षक हुन्छन्। दसैं तिहारको बेला सबैतिर अफर ल्याउने पहिल्यै देखिको चलन भएको र त्यही अनुसार पर्यटन क्षेत्रमा पनि आउने गरेको व्यवसायीको भनाई छ।