१४ असार २०८१ शुक्रबार
image/svg+xml

सी र किमबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच उत्तर कोरियोका राजधानी प्योङयाङमा भेटवार्ता भएको छ । चिनियाँ उच्च नेता वा राष्ट्रपतिले १४ वर्षपछि गरेको उत्तर कोरिया भ्रमणका बेला राष्ट्रपति सी र नेता किमबीच भेटवार्ता भएको हो ।

ओलीद्वारा नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकनको प्रस्ताव (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकन गर्न बेलायती समकक्षी थेरेसा मेसँग प्रस्ताव गरेका छन्।

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री ओली र थेरेसा मेबीचको भेट

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा भेटवार्ता भएको थियो। भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पराराष्ट्र सचिव शंकर बैरागी र बेलायतका लागि नेपाली राजदूत दुर्गाबादुर क्षत्री पनि सहभागि थिए।

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र बेलायती समकक्षीबीच भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको तीन दिने औपाचारिक भ्रमण गर्ने भएका छन्। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसरा प्रधानमन्त्री ओली बेलायत प्रधानमन्त्री थेरेसा मेको निमन्त्रणामा जुन १० तारिख देखी वेलायतको भ्रमण गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले मोदीलाई दिए रुद्राक्ष उपहार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समकक्षी नरेन्द्र मोदीले रुद्राक्ष उपहार दिएका छन्।

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीको सपथमा भाग लिन प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ गएका थिए।

गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्रीबीच भेट

गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच आज भेटवार्ता भएको छ।

किम र पुटिनकाे पहिलाे भेटवार्ता बिहीबार हुने

उत्तर कोरियाली नेता किम जाेंग उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ। रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदुर पूर्वस्थित शहर भ्लादिभोस्तकमा भेटवार्ता हुनेछ।

पुटिन र किमबीच भेटवार्ताको तयारी

उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन्। चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लागेका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ।

अमेरिकामा रहेकी राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त भएकी छन्।

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिका र उत्तर कोरियाको शिखर बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन्।

प्रधानसेनापति थापा र बेलायती मेजर जनरलबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेलायती सेनाका मेजर जनरल डंकन क्याप्सले भेटवार्ता गरेका छन्। बुधवार जंगी अड्डामा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

ट्रम्पले फेब्रअरी २७ र २८ मा किमलाई भियतनाममा भेट्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनाममा फ्रेवअरी २७ र २८ मा दोस्रो भेटवार्ता हुने भएको छ।

स्विजरल्याण्ड भ्रमणमा प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्याण्ड भ्रमणको क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले माघ ८ देखि ११ गतेसम्म डाभोसमा हुने विश्व आर्थिक सम्मेलनमा भाग लिने छन्। उनले सो क्रममा स्विजरल्याण्डका राष्ट्रपति विल मिउरे, भियतनामका प्रधानमन्त्री विअन स्वान फुक लगायतलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्