१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सी र किमबीच भेटवार्ता

सोल – चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच उत्तर कोरियोका राजधानी प्योङयाङमा भेटवार्ता भएको छ ।
चिनियाँ उच्च नेता वा राष्ट्रपतिले १४ वर्षपछि गरेको उत्तर कोरिया भ्रमणका बेला राष्ट्रपति सी र नेता किमबीच भेटवार्ता भएको हो ।

चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि बिहीबार उत्तर कोरिया पुगेका छन् । नेता किम र राष्ट्रपति सीको भेटमा दुई देशबीचको आर्थिक र कोरियाली प्रायद्वीपको आणविक कार्यक्रमबारे छलफल भएको अनुमान गरिएको छ । सी र नेता किमबीच पछिल्लो १५ महिनाभित्र भएको यो पाँचौं भेट भए पनि उत्तर कोरियामा भेट भएको भने पहिलो पटक हो ।

प्रकाशित: ६ असार २०७६ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App