१६ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

काठमाडाैं– चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ।

उनीहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ। चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहेका छन्। त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गरेको बताइएको छ। उनीहरुले सो भेटका क्रममा उक्त शहरका साथै रुस र चीनको पर्यटकीय एवम् अन्य विविध स्थान र शहरको बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ। ती शहरहरुको सुन्दरताको बयान गर्दै आपसी हितका विभिन्न क्षेत्रमा कुराकानी गरेका थिए।

दुई देशका नागरिकबीचको जनसम्पर्क तथा सांस्कृतिक सम्बन्धका बारेमा उनीहरुबीच कुराकानी भएको थियो। त्यस भेटका क्रममा रुसी राष्ट्रपति पुटिनले रुसले थप चिनियाँ पर्यटकलाई स्वागत गर्न चाहेको बताएका थिए। चिनियाँ राष्ट्रपति सि सेन्ट पिटस्बर्ग पुगेपछि उनी र रुसी राष्ट्रपति पुटिनबीच विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा कुराकानी भएको थियो। समसामयिक अन्तर्राष्ट्रिय राजनीतिका साथै विविध क्षेत्रीय विषयहरुमा उनीहरुबीच कुराकानी भएको समाचारमा जनाइएको छ।

उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको समाचारमा उल्लेख गरिएको छ। चिनियाँ राष्ट्रपति सि बिहीबार बिहान सेन्ट पिटस्बर्ग पुगेका हुन्। उनी २३ औँ सेन्ट पिटस्बर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा भाग लिनका लागि त्यहाँ गएका हुन्। रासस

प्रकाशित: २४ जेष्ठ २०७६ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App