६ आश्विन २०८१ आइतबार
image/svg+xml

मालवाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्न पार्किङस्थल निर्माण

रसुवाको उत्तरगया गाउँपालिका–१, खाल्डेमा मालवाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्नका लागि पार्किङस्थल निर्माण गरिएको छ।  अत्यावश्यक सामग्री ढुवानीका लागि आउने सवारी साधनलाई २४ घण्टा क्वारेन्टाइनमा राख्ने र डिसइनफेक्सन पश्चात मात्र जिल्लामा प्रवेश दिने योजना अनुरूप पार्किङस्थल निर्माण गरिएको हो।

बसपार्कमा उपत्यका छाड्नेहरुको संख्या बढ्याे

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको छ। कोभिड -१९ को जोखिम बढेसँगै सरकार विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरेको थियो। सरकारी निर्णयपछि विद्यालयहरु बन्द भएका छन् भने छाड्नेहरुको संख्या बढेको छ।

उदयपुरमा नमुना बसपार्क, अढाइ वर्षको योजना डेढ वर्षमै सक्ने लक्ष्य

देशका विभिन्न ठाउँका ठूला विकास निर्माणका योजना म्याद नाघेर अलपत्र परेको अवस्थामा उदयपुर सदरमुकाममा निर्माणाधीन प्रदेशस्तरीय नमुना बसपार्कको कामले गति लिएको छ। उक्त बसपार्क सम्झौतामा उल्लिखित समयसीमाअगावै सक्ने गरी काम भइरहेको निर्माण व्यवसायीले बताएका छन्।

अढाई वर्षको योजना डेढ वर्षमै सक्ने लक्ष्य

देशका बिभिन्न ठाउँका ठूला विकास निर्माणका योजनाहरु म्याद नाघेर अलपत्र परेको अवस्थामा उदयपुर सदरमुकाममा निर्माणाधीन प्रदेशस्तरीय नमूना बसपार्कको काम सम्झौता अवधिअगावै सक्ने लक्ष्यका साथ अघि बढिरहेको छ। त्रियुगा नगरपालिका ३ र १२ बीचको साविक त्रियुगा बसपार्कमै निर्माणाधीन स्तरोन्नतिसहितको बसपार्क सम्झौता म्यादअगावै सक्नेगरी काम भइरहेको छ।

उदयपुरमा अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक बसपार्क

उदयपुर सदरमुकाम गाईघाटमा निर्माणाधीन प्रदेशस्तरीय नमूना बसपार्कको टर्मिनल भवन निर्माण कार्य युद्धस्तरमा भईरहेको छ। त्रियुगा नगरपालिका ३ र १२ को सीमास्थल त्रियुगा नदी किनारस्थित साविक बसपार्कलाई नै स्तरोन्नति गर्दै सुविधासम्पन्न अन्तराष्ट्रिय मापदण्डको अत्याधुनिक बसपार्क बनाउन टर्मिनल भवन निर्माण थाािलएको हो।

नयाँबसपार्क शुद्धीकरण अभियान, गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ।

नयाँ बसपार्क शुद्धीकरण अभियान : चार महिनामा ७२१ पक्राउ

मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ। देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो।

एउटै योजनामा दुईवटा उपभोक्ता समिति

स्थानीयले विगत लामो समयदेखि पार्कको संरक्षण गर्दैै आएका आसपासका बासिन्दाको सहभागीतामा निर्माण उपभोक्ता समिति गठनको माग गरेका छन्। उनीहरु चिल्ड्रेन पार्क मास्न खोज्नेहरु नै समितिमा रहेकाले संरक्षण हुनेमा शंका रहेको बताउँछन्।

जग्गाधनीलाई अस्थायी लालपुर्जा बाँडियो

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजनाभित्र रहेका जग्गाधनीले आइतबार अस्थायी लालपुर्जा पाएका छन्। परियोजना लागु भएपछि त्यहाँका जग्गा बिक्री, वितरणमा रोक लगाइएको थियो।

पार्किङ र रुट परमिटको नाममा भारतीय पर्यटकलाई सास्ती

स्थल मार्ग भएर सबैभन्दा धेरै पर्यटक भित्रने बेलहिया नाकामा अव्यवस्थित पार्किङ र अतिरिक्त शुल्कका कारण पर्यटकले सास्ती खेप्नु परेको छ। भारतीय गाडीसहित नेपाल आउने पर्यटकले सवारीसाधन भन्सार सुविधा लिनु पर्छ।

गाईघाटमा अन्तराष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माण सुरु

उदयपुरमा १ नं. प्रदेशकै उत्कृष्ट र अन्तराष्ट्रियस्तरको अत्याधुनिक तथा सुविधा सम्पन्न त्रियुगा बसपार्क निर्माण कार्य सुरु भएको छ। त्रियुगा नगरपालिका ३ र १२ बीचको त्रियुगा नदी किनारस्थित साविक बसपार्कलाई नै स्तरोन्नति गर्नेगरी एक महिनाअघि निर्माण सुरु भएको टर्मिटल भवन जग (डिपिसी) तयार भएर भुईतलाको काम धमाधम अघि बढेको छ।

थाई र कोरियन खेलाडी उपाधिनजिक

थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र कोरियाकी गा युन पार्क योनेक्स सनराइज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०१९ को महिला एकलमा उपाधि नजिक पगेका छन्।

वसन्तपुरमा पार्किङ गर्न रोक

वसन्तुरको डबलीमा सवारी पार्किङ गर्नमा रोक लगाइएको छ। बुधबार ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयको वसन्तपुरमा बसेको संयुक्त बैठकले पार्किङ रोक लगाउने निर्णय गरेको हो।

नयाँ बसपार्कको आकाशे पुल भत्काइँदै

गोंगबुस्थित नयाँ बसपार्कको आकाशे पुल भत्काइने भएको छ। कलंकी–महाराजगन्ज सडक विस्तारका लागि पुल भत्काउन लागिएको काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्