२२ वैशाख २०८१ शनिबार
image/svg+xml

'तनाव र विषमपूर्ण परिस्थितिले गाँजेको विश्वलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन'

नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ।

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरे। सो अवसरमा उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

शान्ति स्थापनार्थ नेपाललाई उच्चपद सुनिश्चित गर्न परराष्ट्रमन्त्रीको आह्वान

आजै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसङ्घको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गरे। त्यस अवसरमा उनीहरुबीच राष्ट्रसङ्घीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसङ्घबीचको विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्