१० मंसिर २०८१ सोमबार
image/svg+xml

तेश्रो मेगा अष्ट्रेलियन एजुकेशन फेयर शुरु

वैदेशिक शिक्षाका लागि अष्ट्रेलिया जाने सोच बनाइरहेका प्लसटु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गर्दै शुक्रबारबाट राजधानीमा तेश्रो मेगा अष्ट्रेलियन एजुकेशन फेयर शुरु भएको छ।

तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला सुरु

वानअप प्रालीको आयोजनामा आजदेखि तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला २०७४ सुरु हुँदैछ।

काभ्रेलाई स्थायी राजधानी तोक्न प्रस्ताव

प्रदेश ३ को स्थायी राजधानी काभ्रेलाई तोक्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ। संविधानको धारा २८८ को उपधारा २ बमोजिम काभ्रेका  चारजना प्रदेश सांसदले काभ्रेको धुलिखेलस्थित आइटीपार्कलाई प्रदेशको राजधानी तोक्न प्रस्ताव गरेका हुन्। सांसद चन्द्रबहादुर लामाको प्रस्तावमा सांसद बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल र रत्नप्रसाद ढकालले समर्थन गरेका हुन्।

रेल मात्रै किन चढ्छन उत्तर कोरियाका शासक ?

उत्तर कोरियाका शासक किम जोङ उन रेल चढेर चीन भ्रमणमा आएपछि संसारभर चर्चा भएको छ। यतिमात्रै होइन छिटो र सुरक्षित यात्राका लागि विश्वभरका नेता विमान र हेलिकप्टरमार्फत यात्रा गर्छन्, तर उत्तर कोरियाका शासकहरु किन रेल मात्रै चढ्छन भन्ने प्रश्न अहिले उठेको छ।

विवादले अस्ट्रेलियाको जित छायामा

अस्ट्रेलियाले सोमबार पहिलो टेस्टमा दक्षिण अफ्रिकालाई १ सय १८ रनले पराजित गरे पनि डेभिड वार्नर र क्विन्टन डी ककबीचको विवादले नतिजालाई छायामा पारेको छ।

नगरपालिका ‘मिनी’ सिंहदरबार जस्तो बन्नुपर्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहलाई जनताको पहिलो सरकारका रुपमा सुविधासम्पन्न बनाउनुपर्ने बताएका छन्।

गजुरेलको ट्रम्प अवतार समाचारमा

राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा यो वर्ष भएको कमेडियनको गाइजात्रामा आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुपमा प्रस्तुत गरेका हास्य कलाकार मनोज गजुरेल निकै चर्चित बने । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा विजय भएपछि चर्चित बनेका डोनाल्डको लुक्समा देखिँदा मनोजको कामको सबैले तारिफ पनि गरेका थिए।

दुई लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पक्राउ

घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्र कुमार लालकर्ण दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्।

कतार एयरवेजले अष्ट्रेलिया उडान गर्ने

कतार एयरवेजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान भर्ने घोषणा गरेको छ। कतारले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको हो।

ईश्वर पोखरेलको पहिलो निर्णय : नेपाल र भारत सैन्य तालिम स्वीकृत

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन्। सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा सोमबार पदबहाली गर्दा उनले पहिलो सो निर्णय गरेका हुन्।

विराटनगर नाकामा पनि रेलबाट कन्टेनर

नेपाली आयातकर्ताल अब विराटनगर नाकामा पनि रेलमार्गबाटै मालसमान बोकेका कन्टेनर मगाउन सक्ने भएका छन् । कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहमा आएका नेपाली मालसमानका कन्टेनर विराटनगर नजिकै सिमापारी रहेको बथनाहा रेल्वे स्टेसनमा मगाएर विराटनगर नाकाबाट नेपाल भित्र्याउन सकिने भएको छ।

‘घरेलु कामदार निर्देशिका महिलामैत्री भएन’

रम तथा रोजगार मन्त्रालयले तयार पारेको वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका महिलामैत्री हुन नसकेको सरोकारवाला निकायले जनाएका छन्।

मुन्दुम ट्रेल (फोटो फिचर)

हामीलाई प्रकृतिले विछट्टै माया गरेकी छिन्–संसारकै छानो सगरमाथा हाम्रै देशमा दिएर । त्यति मात्र होइन, पृथ्वीमा उभिएका ८ हजार मिटर अग्ला १४ मध्ये ८ वटा हिमाल पनि हाम्रै भुगोलमा छन् । त्यसैले त विदेशीहरु नेपाललाई हिमालयको देश भन्छन् ।

अस्ट्रेलियालाई टी –२० शृंखला

वर्षाले प्रभावित अन्तिम ट्राइ सिरिज ट्वान्टी–२० खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई डर्क वर्थ लुइस पद्धतिका आधारमा १९ रनले पराजित गर्दै शृंखला जितेको छ । बुधबार सिरिज हात पारेसँगै अस्ट्रेलिया आइसिसी टी– ट्वान्टी क्रिकेटको वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ।

महान्यायाधिवक्ता खरेलले प्रधानन्यायाधीशबाट लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्