१४ असार २०८१ शुक्रबार
image/svg+xml

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेर मनाइयो श्रीकृष्ण जन्माष्टमी पर्व

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन्।

श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिर दर्शन

राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिरको दर्शन एवं प्रसाद ग्रहण गरेका छन्।

मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ/नगर बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापित गरिएका छन्।

थारु महिलाहरु धुमधामसँग कृष्ण जन्माष्टमी पर्व मनाउँदै

थारु अगुवाहरुका अनुसार यो पर्व अन्य समुदायका महिलाहरुले मान्दै आएको तीज पर्व जत्तिकै महत्वका रुपमा थारु समुदायका महिलाहरुले मनाउने गर्दछन्।

पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

मध्यराति १२ बजे कृष्णको नित्यपूजा गरी मन्दिरको ढोका खोलेसँगै भक्तजनको प्रवेश गराइएको हो। मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायका अनुसार दर्शनार्थीले बिनाझन्झट पूजाआजा गरिरहेका छन्। कृष्ण मन्दिरभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरिएको छ।

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति

'सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ,'

आज श्रीकृष्ण जन्माष्टमी

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ।

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको सन्देश

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गरेकी हुन्।

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्