७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्रदेश जाँदै गाईजात्रा

गाईजात्राको अवसरमा राजधानीमा केन्द्रित रहने गाईजात्रे विशेष कार्यक्रम यस वर्ष देशभर आयोजना हुने भएको छ । ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक कार्यक्रम सात प्रदेशमा हुँदैछ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक गाईजात्रे विशेष कार्यक्रमबारे आयोजक ब्राण्ड वर्थले जानकारी गराएको थियो ।

उत्कृष्ट ‘महाकाली’

सवेरा बुद्ध धर्मावलम्बी हुन् । उनलाई हिन्दू देवी महाकाली निकै मनपर्छ । गाईजात्राको अवसरमा आयोजित देवी नाचमा महाकालीको भूमिका निभाएकी यीनै सवेरा महिलातर्फ उत्कृष्ट कलाकार घोषित भइन् । उनको समूहले भने सान्त्वना पुरस्कार हात पारेको छ।

मिस वल्र्डमा भक्तपुरको गाईजात्रा

भक्तपुरको गाईजात्रामा रमाएकी मिस नेपाल वल्र्ड २०१८ की सुन्दरी श्रृंखला खतिवडाले चीनको सान्यामा हुने मिस वल्र्ड प्रतियोगितामा भक्तपुरको गाईजात्राको क्लिप पनि लाने भएकी छिन्।

दिवंगत आत्मालाई सम्झिएर गाईजात्रा मनाइँदै

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

राजधानीमा गाईजात्राको रौनक

आज गाईजात्रा पर्व। हास्यव्यङ्ग्य सहित मृतात्माको शान्तिको कामना गर्दै काठमाडौं उपत्यकामा र नेवार समुदायले देशभर यो पर्व मनाउँदै छन्। यो पर्वको अवसरमा विभिन्न झाँकी निकाल्ने चलन समेत रहेको छ।

संशोधन विधेयक टेबल गरी गाईजात्रा देखाइयो: चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले बर्तमान सरकारले संशोधन विधेयक टेबल गरी गाईजात्रा देखाएको आरोप लगाएका छन्। प्रतिपक्षको बिरोधकामाझ संशोधन विधेयक टेबल गरेर संसदको मर्यादा बिपरित सरकार गएको उनको आरोप छ।

गाईजात्राका उत्कृष्ट पुरस्कृत

यस वर्षको गाईजात्रामा प्रदर्शन गरिएका उत्कृष्ट परम्परागत साँस्कृतिक प्रस्तुतिलाई मंगलबार पुरस्कृत गरिएको छ । ३७ औं विश्व पर्यटन दिवस २०७३ का अवसरमा भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिद्वारा संयुक्त रुपमा पुरस्कृत गरिएको हो ।

भूकम्पपीडितलाई सधैं 'गाईजात्रा'

धिमेकोे मधुर धुन। घिन्ताङघिसीको (लट्ठी नाच) ट्वाक्क ट्वाक्क। कतै हाकुपटासीमा सजिएका युवतीको पाउजुको छमछम, कतै नयाँ लुगामा सजिएका केटाकेटीको खिलखिलाहट। शुक्रबार भक्तपुरको दरबारक्षेत्र जात्रामय देखियो।

गाईजात्राको रौनक

काठमाडौं- आज गाईजात्रा पर्व। हास्यव्यङ्ग्य सहित मृतात्माको शान्तिको कामना गर्दै काठमाडौं उपत्यकामा र नेवार समुदायले देशभर यो पर्व मनाउँदै छन्।

नौ दिन मनाइने गाईजात्रा सुरु

हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेको मुलुकका मुख्य मुख्य सहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ।

गाईजात्राका लागि भग्नावशेष पन्छाउँदै भक्तपुरवासी

भूकम्प गएको एक वर्ष ४ महिना हुन लाग्दासमेत पन्छाउन नसकिएको भग्नावेश पन्छाउन भक्तपुरवासी आफैं जुट्न थालेका छन्। सरकारी मुख ताक्दा ताक्दा गाइजात्रा मुखैमा आइपुगेपछि नगरवासी आफैं भग्नावशेष पन्छाउन सक्रिय भएका हुन्।

भक्तपुरमा गाईजात्राको तयारी

नजिकिँदै गरेको गाईजात्रामा प्रदर्शन हुने विभिन्न नाच, नाटक, प्रहसनको तयारी भक्तपुरका टोलटोलमा हुन थालेको छ । यस वर्ष गाईजात्रा भदौ ३ गते शुक्रबार परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्