११ असार २०८१ मंगलबार
image/svg+xml

करको दायरा वढाउँंदै सूर्यविनायक

नयाँ नगरपालिकाको रुपमा रहेको भक्तपुरको सूर्यविनायक नगरपालिकाले आन्तरिक राजस्व संकलनमा उलेख्य प्रगति गरेको छ । राजस्व संकलनको कुल लक्ष्य आठ करोड ४८ लाख ५० हजार रहेकोमा हालसम्म सात करोड १५ लाख रुपैयाँ संकलन भइसगरपालिकाले जनाएको छ।

सूर्यविनायक नगरपालिकामा नगर प्रहरी भर्ना

सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगर प्रहरी भर्ना गरेको हो।

जापानको सहयोगमा सूर्यविनायक –धुलिखेल सडक ८ लेन बन्ने

अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब ८ लेन बन्ने भएको छ। सडक ८ लेनको बन्ने भएपछि सडक विभागले विहिबार (आज) भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन्। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन्।

सूर्यविनायकलाई मेयर कप भलिबल उपाधि

कैलालीको गोदावरी नगरपालिकामाथि मंगलबार फाइनलमा ३–१ को सेटमा जित हासिल गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिकाले मेयर कप अन्तरनगर भबिलबल प्रतियोगिताको उपाधि जितेको छ। भक्तपुरको सहिद स्मृति खेलमैदानमा सम्पन्न फाइनलमा सूर्यविनायकले पहिलो सेट गुमाउनाका बावजुद त्यसपछि पुनरागमन जनाउँदै २५–२६, २५–२३, २५– २३, २५–१४ को विजयी नतिजा निकालेको थियो । सूर्यविनायकका चित्रबहादुर केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

सूर्यविनायकमा बसबाट खसेर खलासीको मृत्यु

अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका चुनदेवीमा आज बसबाट खसेका सहचालकको मृत्यु भएको छ।

सूर्यविनायकमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका ३ चिलाउनेमा गएराति भएको ट्याक्सी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। काभ्रेको नालावाट भक्तपुरतर्फ आइरहेको बा २ ज २३५२ नम्बरको ट्याक्सी राति १० बजेर ४० मिनेट जाँंदा सडकबाट करिव डेढ सय मिटर तल खस्दा ट्याक्सी चालक र अन्य एक यात्रुको मृत्यु भएको हो।

कोटेश्वर-सूर्यविनायक सुरुङमार्ग निर्माण गरिने

कोटेश्वर-सूर्यविनायक सुरुङमार्ग निर्माणको कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने भएको छ। आर्थिक वर्षक २०७३/२०७४ को बजेट भाषण गर्दै अर्थमन्त्री अर्थमन्त्री कृष्णबहादुर महराले सुरुङमार्ग निर्माणको अवधारणा ल्याएका हुन्।

स्वयम्भूदेखि सूर्यविनायकसम्म साझाले सुरु गर्‍यो सेवा

यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ।

सूर्यविनायकमा मेयरमा एमाले विजयी, बासुदेव थापा बने मेयर

भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका बासुदेव थापा विजयी भएका छन्। काँग्रेसका विष्णुराज कार्कीलाई दुई हजार २१ मतान्तर पराजित गर्दै थापा विजयी भएका हुन्। थापाले १२ हजार एक सय ८६ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका कार्कीले १० हजार एक सय ६५ मत पाएका छन्।

सूर्यविनायक-धुलिखेल फराकिलो हुने

दुई लेनको साँघुरो सडकमा पूर्वबाट आउने यात्रुवाहक बसको लस्कर। बसको यस्तो लस्कर छुट्ने र भित्रिने बेलामा सूर्यविनायकदेखि साँगासम्म हुन्छ। अरु सवारीसाधनको चर्को ट्याँट्याँ टुँटुँ उस्तै हुन्छ। यात्रु समयमै गन्तव्यमा पुग्न पाउँदैनन् भने चालकका सास्ती आफ्नै ठाउँमा छन्।

सूर्यविनायक क्षेत्र राष्ट्रिय प्राणी उद्यान

भक्तपुर– सरकारले भक्तपुरको सूर्यविनायकस्थित जंगल क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रुपमा विकास गर्ने भएको छ। उद्यानको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शिलान्यास गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्