१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सूर्यविनायकमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु

भक्तपुर— भक्तपुरको सूर्यविनायक नगरपालिका ३ चिलाउनेमा गएराति भएको ट्याक्सी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। काभ्रेको नालावाट भक्तपुरतर्फ आइरहेको बा २ ज २३५२ नम्बरको ट्याक्सी राति १० बजेर ४० मिनेट जाँंदा सडकबाट करिव डेढ सय मिटर तल खस्दा ट्याक्सी चालक र अन्य एक यात्रुको मृत्यु भएको हो।

ट्याक्सी चालक सिन्धुपाल्चोक माङ्खाका २४ वर्षका बुद्धिबहादुर लामा र ट्याक्सीका यात्रु सिन्धुपाल्चोक सिम्ले–७ का ४० वर्षका मानबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

चालक लामाको ब्लु क्रस अस्पताल माइतीघर काठमाडौंमा उपचारको लागि लगेकोमा मंगलबार विहान १० बजे र यात्रु तामाङको मध्यपुर थिमि अस्पतालमा उपचारको क्रममा राति नै चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनामा परी राकेश तामाङ र कृष्ण तामाङको मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको परिसरका प्रवक्ता कृष्ण प्रसाईंले बताए । 

प्रकाशित: ३० जेष्ठ २०७४ ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App