१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml

अबको विकल्प उज्यालो नेपाल पार्टी नै हो, आगामी चुनाव हाम्रो पक्षमा आउँछ: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले मुलुकको अबको निर्विकल्प शक्ति आफ्नो पार्टी भएको दाबी गर्दै आगामी निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी गरेका छन्।

चक्रवाती आँधी ‘अर्नब’को जोखिम : हवाई सुरक्षामा सतर्कता अपनाउन क्यानको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावबाट हवाई उडान तथा विमानस्थलमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

कप्तान दीपेन्द्रको परिपक्व इनिङ्स र अनिलको फिरन्ते जालोमा कसरी चुक्यो पोखरा ?

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा सम्पन्न चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले सहजै पराजित गर्‍यो।

विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलटलाई यूएईको प्रतिष्ठित सम्मान

संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई प्रतिष्ठित सम्मान प्रदान गरेको छ।

कुलमानलाई प्रश्न- बालेनसँग तपाईंको सम्बन्ध राम्रो छ, भोलि नयाँ ढंगले सहकार्य हुन सक्छ ?

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भविष्यमा पार्टी एकता वा सहकार्यको सम्भावनालाई पूरै नकार्न नसकिने बताएका छन्।

सौराहामा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै, ८०० खेलाडी सहभागी हुने अपेक्षा

प्रतियोगितामा तेक्वान्दोका पुम्से र ग्योरोगी विधामा विभिन्न उमेर तथा तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकता एकतर्फी रूपमा भङ्ग गरिएको दाबी गरेका छन्। उनले यसलाई राजनीतिक अपराध र बेइमानी भने।

दुई तिहाइको सरकार डेलिभरीमा चुक्यो, सुधार नभए सडकमा आउँछौं- कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान दुई तिहाइको सरकार डेलिभरी दिन पूर्णतः असफल भएको बताएका छन्। उनले सरकारको कार्यशैली नसच्चिए सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।

नियमित महाधिवेशन पक्षधर कांग्रेसको उदयपुर अधिवेशन कात्तिक १९ गते

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले उदयपुरमा जिल्ला अधिवेशन कात्तिक १९ गते गर्ने भएको छ।

सँगै मदिरा पिए, विवाद बढेपछि साथीकै हत्या

सँगै मदिरा पिएर फर्किने क्रममा सुरु भएको विवादले उग्र रूप लिएपछि माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या भएको प्रहरीले जनाएको छ।

१९.८३ प्रतिशत मात्रै काम, मंगलसेन जोड्ने सडकको ठेक्का तोडियो

अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण निर्धारित समयमा सम्पन्न नगरेपछि ठेक्का तोडिएको छ।

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम विजयी, पोखरा ६ विकेटले पराजित

कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि ६ विकेटको सहज जित हात पारेको छ।

दीपेन्द्र र इशानको सानदार साझेदारी, सुदूरपश्चिम जितको संघारमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्स जित नजिक पुगेको छ।

एआई च्याटबोट बजारमा च्याटजीपीटीको वर्चस्व कायमै, जेमिनी र क्लोडको हिस्सा बढ्दै

विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटको प्रयोग बढ्दै जाँदा यस क्षेत्रको बजार प्रतिस्पर्धा पनि तीव्र बनेको छ।

चम्किए दीपेन्द्र, सुदूरपश्चिमको सय रन पूरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङको मद्दतमा सय रन पूरा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्