७ आश्विन २०८१ सोमबार
image/svg+xml

अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि सरकारले छाड्दैन्ः रायमाझी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि सरकारले कार्वाही गर्ने बताएका छन्।

पीडित किसानको लगत सङ्कलन गर्दै प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ।

चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विश्वभर ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’हरु नियुक्त गर्ने सरकारको तयारी

सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ।

प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ।

युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारद्वारा ६५ करोड डलरको कार्यक्रम सञ्चालन

युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारले ६५ करोड अमेरिकी डलर बराबरको आयोजना सञ्चालनमा ल्याएको छ।

‘ट्रम्प र पुटिनको भ्रमण गराउन प्रयासरत छौं’

सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमण गराउन प्रयासरत रहेको बताएका छन्।

प्रधानमन्त्रीमा आलोपालो हुँदैन्, पाँच वर्ष नै ओलीले चलाउँछन्ः शर्मा

सत्तारुढ दल नेकपाका राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन्।

'सरकारले २४ वर्षभित्र गरिवी निवारण गरिसक्छ'

सरकारले २४ वर्षभित्र मुलुकमा गरिवी निवारण गरिसक्ने लक्ष्य लिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्षभित्र नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको बताएका हुन्।

सत्तामा टाँसिएर बस्दैनौ : डा. भट्टराई

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सत्तामा टाँसिएर नबस्ने चेतावनी दिएका छन्। समाजवादी पार्टी नेकपा सरकारको सत्ताको साझेदार नभएको बताउँदै उनले भने ‘संविधान संसोधनका लागि दुई तिहाई पुर्‍याउन साथ दिएका हौं, संविधान संशोधनमा सरकारले चासो दिएन, अब छिट्टै सत्ताबाट छुट्टिन्छौं,’ गृहजिल्ला गोरखामा बिहिवार पत्रकार भेटघाटमा उनले सरकारबाट बाहिर निस्किएर जनमत तयार गर्नमा लाग्ने बताए।

सडकमा गाई छोड्ने पशुधनीलाई कारवाही गर्न सर्वोच्चको आदेश

सर्वाेच्च अदालतले राष्ट्रिय जनावर गाईको संरक्षण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

भूकम्पपछिको पुनःनिर्माण, बनेनन् सरकारी भवन नै

काठमाडौंमा भत्केका सरकारी भवनभवन निर्माण कार्य सम्पन्न भएको तथ्यांक छ। यो भवनको निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको चरणमा रहेको जनाइएको छ।

दुई ठूला आयोजना नेपाल र चीनका सरकारी कम्पनीले बनाउने

नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको हो। प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेस गरिएको प्रस्तावमा एचआइडिसिएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरेका थिए।

आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने

सरकारले २१० मेगावाटको अर्धजलायशयुक्त चैनपुर सेती जलविद्युत् आयोजनाको वर्षमा अपडेटेड सम्भाव्यता अध्ययन र इन्जिनियरिङ प्रोक्र्योरमेन्ट कन्सट्रक्सनको बोलपत्र तयार पारेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भएको छ। सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गर्नेछ। यो जलविद्युत् आयोजनाको चिनियाँ परामर्शदाता कम्पनी चेस्कोले अपडेटेड सम्भाव्यता अध्ययन तीव्र गतिमा गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्