१५ मंसिर २०८१ शनिबार
image/svg+xml

घाँसी

घाँसीबाट प्रेरणा पाए। भानुभक्त आचार्यले संस्कृत भाषाले गाँजेको नेपाली भाषालाई प्राथमिकताको भाषामा पुर्‍याए। त्यसपछि मोतीरामले भानुभक्तलाई मोतीझैँ चम्काए तर आदिकवि हुनका लागि प्रमुख स्रोत बनेका घाँसीको पूरा नाम,थर के होला? घाँसी भनेको त पेशा हो।

गाउँको घर

हाम्रो त सिमेन्टले मात्रै बनेका घर लाग्छ सिमेन्टको सहर पिँजडाको सुँगाझै न खेल्ने साथी न खुला मैदान धुलो र धुवाँ मात्रै न स्कुल जानु छ...खुला आकाशमा सास फेर्न हावासंगै खेल्न जुनकीरी छोप्न धुलो उडाउँदै दौड्न हजुरबुबा र हजुरआमाको घर हामी पनि जाउ न बाबा।

सत्ता

त्यो दिन सीटी हलमा अध्यक्षले कामुक भावले हेरेको सम्झेर रञ्जुले भनी, “चाहिएन अध्यक्ष सध्यक्ष। गृहिणी नै ठीक छु। तपाईं नै बस्नु।” “मलाई नदिने अरे। तिमीलाई नै छनेका छन्। यो चिट्ठा हो। मौका सधैं आउँदैन। म नेताकै झोला बोकी हिँडौँ कहिलेकाही हाम्रो घरतिर पनि आउ न, कोही नेता खोज्दै ।”

जीवनको परीक्षा

आमा ! पढ्नु भनेको त जीवन हलोजस्तै बोसिलाले ताछिनु रहेछ कपासजस्तै चर्खामा पेलिनु रहेछ पढ्नु भनेको त जीवन डल्लेठाले जस्तै डल्ला फुटाउनु रहेछ दाँदीले जस्तै सम्म पार्नु रहेछ पराल गुन्द्रीमा जस्तै हरदम रूपान्तरण हुनु रहेछ आमा ! त्यसैले म आज तान र कपास चर्खा र धागो बोसिला र हलो दाँदी र डल्लाहरूमा जीवनको सार्थकता खोजिरहेछु !

विरोध

आमाचाहिँले पङ्खा हल्लाउँदै भनिनन् , ‘चूप लाग। छोराहरू भनेको त बुढेसकालको सहारा हुन्। छोरीहरू त अरूको घर गर्ने जात हुन्।’

डर

धेरै छन् आशाहरू अझै धेरै विश्वास र तर शंका थोरै छन्, प्रतिपल श्वासप्रश्वास सङ्कटमा छ कहिले रात डराएको हुन्छ कहिले बिहान डराएको हुन्छ समयको गतिमा आँखा जुधाउन नसकेर। हरेक समय आफै डराएको हुन्छ।

छटपटी र सुस्केरा

तिमी र मको सीमाक्षेत्र दश गजाको अस्थिरताले मेरो छटपटी र सुस्केराहरूको जन्म हुन्छ, रातको शून्यता सम्झन्छु,बिर्सन्छु, संम्झन्छु र बिर्सन्छु यस्तै क्रम चलिरहन्छ मेरो सम्झनाको डायरीको पन्नाभरि कोलाहल र वास्तविकता नभएको छटपटी र सुस्केराहरू।

जागीर

सुँक्कसुँक्क रुँदै उनले आँसु बगाएर भनिन्– म उस्तो कि मेरो समाज? न घर खुशी न हाकिम बेरोजगार हुँदा समाजले खायो जागीरले त सबै खायो।

भन त आमा – म के गरूँ ?

फोस्रा आदर्शका कुराहरूले मात्र कहाँ भरिन्छ र भोको पेट। राजनीतिको ओसले चाउरिएको तपाईंको अनुहार अनि मेरी मखमलीको मलिन अनुहार आफू बाध्यताको बन्दी बनेको देखेरb मरुभूमिमा झरेका मेरा बलिन्द्रधारा आँसुहरू साथीहरूका ढलेका मार्मिक सपनाहरूको साक्षी मात्र बन्नसक्यो भन त आमा – अब म के गरुँ...?

उनको साउन

पुरोहितलाई ‘भोलि बिहानै घर आउनू ’ भनेर खबर गर्न फोन उठाइन् । तर, निमेषभरमै मनले विरोध गर्यो, ‘आ... होस् है, बाँचेका बेला त केही गर्न पाइएन भने मरेपछि पण्डित पोसेर के नाटक गर्नु ? ’

व्यापार

भगवान् शिवलाई मन पर्ने रङ्ग पहेँलो र भगवान् कृष्णलाई मन पर्ने रङ्ग हरियो हो। यो महिनामा पहेँलो र हरियो रङ्गको वस्त्र र सौभाग्य ( चुरापोते ) लगाएर व्रत, पुजा गरे भगवान् प्रसन्न हुन्छन् र मनोवान्छित फल प्राप्त हुन्छ।

दियालो

विलासका बगैंचाभरि विभेदका खाल्डाखुल्डी यहाँ कुचो लाउनु छ बासी मान्छेको भीडमा जाँगरिला पैतालाले वैचारिक धार टेकेर अँध्यारो निभाउनु छ दियालो सल्काएर यहाँ !

गोठालो

घमौरुको काँडा त कति तिखो रे अमला खाएपछि पानी मिठो रे गोधूलिमा बाख्रा छेकी घर लानी हो आमाले दिएको खाजा खानी हो।

प्रवृत्ति

हेर बाबै ! मैले तिमीलाई शिक्षा दिएँ। संस्कार दिएँ र बस्नका लागि बास दिए। आमाबाबाको अखण्ड माया दिए। गरेर खान जमिन दिएँ। तिमीसँग ऐले हरचिज छ जसको सदुपयोग गरेर आफ्नो भविष्य आफैले निर्माण गर्न सक्छौ।’

अन्तिम भेट

हुन त हाम्रो ओछ्यान एउटै छ। हजारपटक शरीर पनि साटिएको छ तर अफसोच चार वर्षको अवधिमा हाम्रो मन साटिएको छैन। म यो विवाहलाई सम्झौताभन्दा माथि राखेर हेर्न सक्दिनँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्