१५ मंसिर २०८१ शनिबार
image/svg+xml

इज्जत

उसले भनी–मैले जिन्दगीभरि आमाबुवा, सासूससुरा, लोग्ने र घरपरिवारको इज्जत राखें। मेरो आफ्नो इज्जत छ कि छैन। थियो कि थिएन पत्तै पाइन। तँचाहिँ छोरी आफ्नु इज्जत राखेस्।

भाग्य

एक्कासि गुरुको फोन आयो– हजुरको आज ग्रहगोचर धेरै बलियो देखिएको छ। कतै नहिँड्नु होला। गन्तव्य आफैँ बाजागाजा लिएर हजुरलाई घरमा लिन आउँदै छ।गुरुको भविष्यवाणीले म दङ्ग पर्दै थिएँ। यता समाचारले फुकिरहेको थियो– उहाँलाई तुरुन्तै नियुक्ति गरेर बाजागाजासहित ल्याएर शपथ गराउनु भन्ने श्रीमानको आदेश भएको छ !

ध्वाँसे मुहार

हो, म आफ्नै सहपाठी सरलातिर ढल्केको थिएँ। बातचितबाहेक अन्य सम्बन्ध बनाउन तिमी बाधक भएकै हौ। तिम्रो अनुमति बेगर म एक डेग पनि हिँड्न सक्तिनथेँ। अझ तिम्रो पेटमा मेरो वंश हुर्किरहेको थाहा पाएर म हर्षले पुलकित भएको थिएँ। बिस्तारै म तिमीबाट पग्लँदै थिएँ। तिमी अझ कठोर बन्दै थियौ। म विश्वासको वातावरण बनाउँदै थिएँ। तिमी घोर अन्धकारमय खाडल खन्दै रहिछ्यौ।

मेरो देश

मेरो देश नेपाल तराई,पहाड, हिमाल, कुहू–कुहू कोइली मिठो गीत गाउने, शिरमा कल्की ढल्काउँदै डाँफे चरी नाच्ने उफ्री–उफ्री हरिणका पाठापाठी खेल्दछन्।

अभिनयको पीडा

तपाइँको आमा मात्रै एक्लै बसेको त्यो घरमा जानुहुन्छ र आमा सुत्ने कोठामा पुगेर टेबलमाथि राखिएको तस्विर हेर्दै तपाइँले भन्नुहुन्छ– आमा, मैले तपाइँको अन्तिम दर्शन गर्न पाइन। धनको मोहमा परेर र ऐसआरामको जिन्दगीको पछि लागेर विदेश पुगें। तपाइँ यहाँ एक्लै बसे पनि मलाई रत्ति पनि पगालेन। जहिले पनि धनको मोहमा मौरीझै पैसाको वरिपरि घुमिरहें।

कोपिला भोलि फूल हुन्छ

कोपिला भोलि फूल हुन्छ, प्रकृतिझैँ सुन्दर हुन्छ। चिने त्यो रूप रंग उसको, स्वर्गतुल्य संसार हुन्छ। सबै समान उसले मान्दछ, कर्म नै सच्चा उस्ले ठान्दछ।

सबैको साझा घर

नजिस्क्याए नचलाए त्यस्ले टोक्दैन, हावालाई शुद्ध पार्छ हानि गर्दैन। मार्नु हुन्न जीवजन्तु तिनलाई पिर्नु हुन्न,अनाहकमा कसैलाई दुःख दिनु हुन्न। पृथ्वी यो सबैको साझा घर हो , बाँच्न पाउने सबैको अधिकार हो।

पुरस्कार र तिरस्कार

समारोहमा उपस्थित कुनै अभिभावकले आफू नजिकैको अर्को व्यक्तिसँग फुस्फुसाउँदै थिए– ‘कक्षाकोठामा पूरा समय बसेर विद्यार्थीको मन जित्ने गरी पढाउने शिक्षकहरू पुरस्कृत भए। तर, राजनैतिक दलको झोला बोकेर पढाउन ध्यान नदिने कामचोर, अर्काको कुरा मात्र काट्ने र आकाश–पातालका गफले शैक्षिक विकासको कोकोहोलो गर्ने तिरस्कृत भए ।’

आँखाका मौन आवाज

एकनास भुकिरहेको कुकुरको साङ्लोलाई त मैले फुकाइसकें तर सम्झनामा अडिएको साङ्लोलाई म फुकाउन सक्दिन अनि छोरीलाई लिएर पर बादलमा देखाउँदै भन्छु ऊ त्यो बादलपारि तिमीलाई यहाँभन्दा माया गर्ने मामाघर छ छोरीले मेरा आँखाका आँसु पुछ्दै अमुक र मौन तरीकाले भन्छे–आमा, तपाईका आँखामा मातृप्रेम छचल्किरहेछ, जो म हजुरको काखमा बसेर पाइरहेछु।

भाग्यमानी

शहरमा पनि राम्रो र चिटिक्क परेको बंगालो छ। आधुनिक सेवा र सुविधाले सम्पन छ। भौतिक रूपमा कुनै पनि कुराले धनप्रसादलाई बिलकुलै कमी छैन।

दुखैभित्र सुख छ

दुखैभित्र त रहेछ सुख खोज्नलाई सके, जीवनको अर्थ र कर्मलाई अर्थाउन सके। सपनाविपना दुवै छ मीठो घमण्डलाई त्यागे, काम, क्रोध,लोभ, मोहबाट टाढा बस्न सके।

मात्र तिमी थियौ

गल्ल्ती गरे या ठिक गरे थाहा छैन तर भित्रैभित्र जलेर आफू बाहिर किन ? केका लागि? कसका लागि? फुल्न खोजे त्यो पनि थाहा छैन ! भाग्य र विधतालाई नि के दोष दिनु! जसले जिन्दगी दियो मैले जिन्दगी जिउन र बुझ्न सकिन जतिबेला बुझे त्यतिबेला मसँग केही थिएन मात्र तिमी थियौ।

भरोसा

मनी अर्डर पाएपछि निशान रिसाउँछन् र ईश्वरलाई भन्छन् – “सुन्नुहोस् भगवान्– तपाईले अर्काे पटक पैसा पठाउँदा हुलाकमार्फत नपठाउनुहोला किनकि हुलाकका कर्मचारी खराब रहेछन् । उनीहरूले आफ्नो कमिसन कटाएछन् पाँच रुपैयाँ।”

बधाई

म गाउँको बीच भागतिर पुग्दै थिएँ। बच्चाहरू म भएतिर आए। म उनीहरूलाई हेर्दै थिएँ। उनीहरू काप्दै थिए। न त शरीरमा ज्याकेट थियो,न त चप्पल। उनीहरूमाथि हुस्सु र जमीनी चिसो हाँसिरहेको अनुभव भयो। उनीहरू मजस्तो जाडोबाट सुरक्षित थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्