समय भाग्यको खेल,जुवा न हो जिन्दगी
ढुंगा बगर बालुवामा त यो चल्दै चल्दैन,त्यो नाउलाई खोला किनारमै रहन दिऊँ। समय भाग्यको खेल जुवा न हो जिन्दगी, कहीं न कहीं चल्न बाँकी दाउ रहन दिऊँ।
ढुंगा बगर बालुवामा त यो चल्दै चल्दैन,त्यो नाउलाई खोला किनारमै रहन दिऊँ। समय भाग्यको खेल जुवा न हो जिन्दगी, कहीं न कहीं चल्न बाँकी दाउ रहन दिऊँ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा खेमलाल पोखरेलका साइनो कविता संग्रह प्राज्ञ देवी नेपाल, डा तुलसी भट्टराई, प्राडा रामप्रसाद ज्ञवाली र नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका हुन्।
कथाका प्रायः घटना हाम्रो घर, समाजभित्रकै हुन् भन्ने आभास दिनु नै कथाकारको सफलता हो। वास्तवमा पत्रकारले जति सजिलोसँग यस्तो वास्तविक सत्यतथ्य घटनालाई नजिकबाट भेट्न सक्छन्, त्यति सजिलोसँग अरूले भेट्न सक्तैन। घटना भएको ठाउँमा स्वयं उपस्थित भएर विषयवस्तु टिप्न सफल पत्रकारका उदाहरण हुन् कथाकार वसन्त पराजुली।
हजुरआमा मथुराले सविता र जयदेव सानो छँदा नै यी दुईको बिहेको परिकल्पना गरी केटी मागेकी रहिछन्। जबकि पछि मरिहत्ते गर्ने यी दुईजना त्यो बेला आँखा जुधाउन पनि जान्दैनथे। कति दूरदृष्टि मथुराको।
मानवभित्रको काल्पनिक क्षमताले गर्दा आज संसार फरक समयमा दौडिरहेको छ। मानव जीवन हरपल खोज उन्मुख छ। लेखक कलाकार खोज र कल्पनाको समिश्रण गर्छन् र तयार पार्छन् भिन्न लोक। दीपक पराजुली त्यस्तै खोजयात्रामा लागेका लेखक हुन्, जसले जगत्–मिथ्याको सिर्जना गरेका छन्। उनको पछिल्लो उपन्यास मिथ्या जगत्–मिथ्याको भुलभुलैया यात्रा हो।
नियात्रा समाज नेपालले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा पवन आलोकको नियात्राकृति पहाड र लमतन्न समुद्रको लोकार्पण गरेको छ।
विश्वका धेरै देशका धेरै भाषाका गीतलाई संगीतबद्ध गरेका विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले आफूलाई उपन्यासकारको रूपमा परिचित गराउने भएका छन्।
अक्षरमार्गले सात नेपाली र एक भारतेली सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्ग त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखीय योगदान पुर्याउने सर्जकहरूलाई सम्मान गरिएको हो।
तिम्रो याद सँगसँगै जीवन यात्रा गर्छु म, तिमीलाई नै लेख्छु तिमीलाई नै पढ्छु म। नबोलाई यो मनमा जब तिम्रो याद आउँछ, आँखाअघि अचानक ठूलो उदासी छाउँछ। बेहोसिंदै लडखडाई दोबाटामै लड्छु म, तिमीलाई नै लेख्छु तिमीलाई नै पढ्छु म।
तिम्रोजस्तै सायद शिखरमा पुग्नेले भुल्छ यात्राका सहयात्रीहरू अनि भुल्छ आफ्नै पाइतालाले नापेको गोरेटो भुल्छ तिर्खा मेटेको जरुवाको चिसो पानी अनि भुल्छ उकालो चढ्दा यात्रामा भर दिने लौरी र भुल्छ वर्षौं शीतल तापेका मनका चौतरीहरू।