७ वैशाख २०८१ शुक्रबार

माघ २२ मा देशभरका फिल्म हल बन्द

नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यावहारिक कर खारेजी माग गर्दै एक दिन देशभरका फिल्म हल बन्द गर्ने भएको छ।

निर्माता र हल सञ्चालकले ५०-५० प्रतिशत सेयर बाँड्ने

नेपाली फिल्म हलमा प्रदर्शन हुँदा फिल्म प्रदर्शन अवधिभर हल सञ्चालक र फिल्म निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने भएका छन्।

कोरोना कहर: धमाधम बन्द हुँदै फिल्म हल

फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन्।

दर्शकबिनाका फिल्म हल

‘महामारीमा भीड गर्न नहुने र समूहमा दर्शकलाई देखाएर चलाउनुपर्ने भएकाले सिनेमा हलहरूलाई अति प्रभावित क्षेत्रमा राखिनुपर्छ। यतिखेर सामाजिक दूरी कायम गरेर फिल्म देखाउँदा कतिको प्रभावकारी हुन्छ भन्ने बुझ्न सामूहिक रूपमा सरकारलाई मागपत्र बुझाएका हौं।’

मनोरञ्जन क्षेत्र तत्काल नखोल्ने

फिल्म हल, पार्टी प्यालेस, डान्स बारसहितका मनोरञ्जन क्षेत्रहरू बन्द रहनेछन् । बैठकले सबै प्रकारको महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन र प्रदर्शन नगर्न निर्देशन आदेश दिएको थियो । २५ जनाभन्दा बढी सहभागी हुने गोष्ठी, धार्मिक तथा सामाजिक स्थल, हेल्थ क्ल्ब र ब्युटी पार्लरलगायत नखोल्ने निर्णय गरेको थियो ।

क्यालिफोर्नियाको फिल्म हल फेरि खोल्न अनुमति

कोरोना भाइरस महामारीको जोखिम कम गर्न बन्द लकडाउन गरिएसँगै बन्द रहेका क्यालिफोर्नियाको फिल्म हलहरु फेरि खोल्न अनुमति दिइएको छ । सोमबार क्यालिफोर्निया राज्यले सामाजिक दुरीसहितका नयाँ निर्देशिका जारी गर्दै आगामी जुन १२ देखि सो राज्यमा फिल्म हलहरु पुनः सञ्चालन गर्न अनुमति दिएको थियो ।

भारतको फिल्म हल पुनः खोल्न आग्रह

फिल्म निर्माताहरूले राज्य सरकारलाई प्रोडक्सन फेरि सुरू गराउन अनुरोध गरेको एक सातापछि भारतको मल्टिप्लेक्स संघले आगामी जुन ३० देखि फिल्म हलहरू पुनः खोल्न केन्द्रिय सरकारसँग अनुमति मागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्