आज देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ।
प्रकाशित: ३ कार्तिक २०८३ ०९:२० मंगलबार



-600x400.jpg)

