१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

उदयपुरमा अवैध मेडिकल सञ्चालक पक्राउ

उदयपुरका दुई अवैध मेडिकल सञ्चालक बुधबार पक्राउ परेका छन्। मिति जुग्रेको औषधि बेच्ने एउटा मेडिकलका सबै औषधि जफत गरी बन्द गरिएको छ। अधिकतर मेडिकल पसलहरु अवैध रहेको जनगुनासोका आधारमा बुधबार गरिएको छड्के अनुगमनको क्रममा दर्ता नगरी सञ्चालनमा ल्याइएका अवैद्य मेडिकल सञ्चालकलाई पक्राउ गरिएको हो।

उदयपुरमा तास खेल्ने १० जनासहित २४ पक्राउ

उदयपुरमा जुवाजन्य खेल खेल्ने १० जनालाई प्रहरीले मंगलबार दिउसो नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। सदरमुकाम नजिकै त्रियुगा नगरपालिका ३ मोतिगडास्थित अमृतबहादुर खत्रीको घरमा गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा घरधनी खत्रीसहित १० जना तास खेल्दै गरेको अवस्थामा दगद ३० हजार ९ सय ६५ रुपैंयासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

चट्याङ लागेर उदयपुरमा ३ को मृत्यु

उदयपुरमा बिहीबार दिउँसो चट्याङ लागेर २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छ। सामान्य वर्षासँगै परेको चट्याङले जिल्लाको  लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछाका ३ स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ।

हावाहुरीले उदयपुरमा १ को मृत्यु, १ घाइते

बुधबार बिहान असिना पानीसँगै चलेको ठूलो हावाहुरीका कारण उदयपुरमा एक वृद्धाको मृत्यु भएको छ।

उदयपुरमा आगलागीबाट २ घर नष्ट

उदयपुरमा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । आईतबार साँझ जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा एक्कासी भएको आगलागीमा स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली नष्ट गरेको हो।

उदयपुरमा भीषण आगलागी, बाह्र घर जलेर नस्ट, एक बेपत्ता

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ।

उदयपुरमा विष्फोटपछि सुरक्षा सतर्कता बढाइयो

चुनावी प्रचार अभियानरत बाम गठबन्धनका उम्मेदवारको कार्यक्रमलाई लक्षित गरेर शुक्रबार साँझ अज्ञात समूहले बम विष्फोट गराएपछि उदयपुरमा सुरक्षा सतर्कता बढाइएको छ । प्रतिनिधिसभा २ का उम्मेदवार माओबादी केन्द्रका स्थायी समिति सदस्य सुरेशकुमार राई हिमाल र प्रदेशसभा २ (१) का उम्मेदवार माकेकै नारायण बुर्जामगरको कार्यक्रमस्थल आसपास विष्फोट भएपछि त्यसभेग र समग्र जिल्लामा सुरक्षा सतर्कता बढाइएको हो ।

उदयपुरमा कांग्रेसलाई साख बचाउने चुनौती

लगातार २ पटक चुनाव जितेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कालाई आउँदो संघीय प्रतिनिधिसभा चुनाव ‘फलामको च्युरा’ सावित हुने अनुमान गरिएको छ। डा. खड्काले ०६४ र ०७० को दुईवटै संविधानसभा चुनावमा प्रतिस्पर्धी एमाले र माओवादीलाई फराकिलो अन्तरले पराजित गर्न सफल भएका थिए।

चट्याङले उदयपुरमा एकको मृत्यु

उदयपुरमा गएराति चट्याङ लागेर एक बृद्धको मृत्यु भएको छ। अघिल्लो मध्यराति वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिकाको पहाडी वडा १५ नम्बर साउनेको सालथुम्काकी ६५ वर्षीया छलिमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

उदयपुरमा मोवाईल–टेलिफोन सेवामा समस्या

नेपाल टेलिकमद्वारा सञ्चालित टेलिफोन सेवा आईतबार विहानदेखि उदयुरमा अवरुद्ध भएको छ। टेलिफोन समस्याका कारण यहाँका सेवाग्राही मार्कामा परेका छन् । टेलिकमले वितरण गरेको ल्याण्डलाईन (पिएसटिएन) फोन र मोवाईल (जिएसएम) फोन सेवाबीचको अन्तरसम्बन्ध टुटेपछि सेवाग्राही मार्कामा परेका हुन्।

उदयपुरमा ६ थान सकेट बम फेला, सेनाले डिस्पोज गर्‍यो

जिल्लाको पश्चिमी भेगको उदयपुरगढी गाउँपालिकामा ६ थान शक्तिशाली सकेट बम फेला परेको छ। गाउँपालिका २, सिरुवानीस्थित एक किसानको जग्गामा फेला परेको सकेट बम नेपाली सेनाले मंगलबारै डिस्पोज गरेको छ।

उदयपुरमा १ सय ५८ महिलासहित ३ सय ९१ जनप्रतिनिधि

आउँदो स्थानीय चुनावपछि यहाँका १ सय ५८ महिलाले स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी पाउने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्