उदयपुरमा पत्रकार अक्षयकोष स्थापना
नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरले जिल्लाका पत्रकारको हकहित र भइपरी आउने विभिन्न समस्याको समाधानका लागि पत्रकार अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ ।
नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरले जिल्लाका पत्रकारको हकहित र भइपरी आउने विभिन्न समस्याको समाधानका लागि पत्रकार अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ ।
विगत वर्षहरुको तुलनामा यो वर्ष उदयपुरमा धान उत्पादन झण्डै ३ हजार मेट्रिक टनले वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष २ हजार ९ सय १८ मेट्रिक टन धान उत्पादन बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरलाई ४ नगरसहित ८ स्थानीय तहमा पुनरर्संरचना गरिने भएको छ । ‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति उदयपुर’ को शुक्रबार सम्पन्न अन्तिम बैठकले जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका बनाउने निर्णय गरेको हो ।
उदयपुरमा बिहीबार बिहानैदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल बिहानैखि अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन्।
जिल्लाको पूर्वी क्षेत्रको सिद्धिपुर गाविस– २ मा आज चट्याङले दुई जनाको मृत्यु भएको छ।
उदयपुर– यस वर्ष उदयपुरको धान रोपाइँ समयमै सकिएको छ। मनसुन बेलैमा भएका कारण कृषकलाई रोपाइँ गर्न यो वर्ष लामो समय कर्नुु परेन। जिल्ला कृषि विकास कार्यालय उदयपुरले गतविगत वर्षहरुको तुलनामा यो साल खडेरी नलागेका कारण समयमै रोपाइँ गर्न सहज भएको जनाएको छ।