९ मंसिर २०८१ आइतबार
image/svg+xml

रौतहटमा उम्मेदवारको टुंगो लागेको छैन : अनिल झा

राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष अनिल झाले रौतहटमा कुनै पनि उम्मेदवारको आधिकारिक नामावली टुंगो नलागेको बताएका छन्। सदरमुकाम गौरस्थित पार्टी कार्यालयमा उनले स्थानीय तहका निर्वाचित पदाधिकारीहरुबीच उनले टिकट आज दिउँसोसम्म टुंगो लाग्ने बताए।

प्रहरी र स्थानीयबीच झडप हुँदा रौतहटमा १४ प्रहरी घाइते

गरुडा नगरपालिका १ जयनगरमा मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको विषयलाई लिएर शुक्रबार साँझ प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा १४ प्रहरी घाइते भएका छन् ।

निर्वाचनपछि रौतहटमा बढ्यो अपराध

स्थानीय तहको निर्वाचनपछि रौतहट जिल्लामा अपराधिक घटनाहरूमा बृद्धि भएको छ । नेपाल सरकारको निर्देशनअनुसार कडा सुरक्षा घेराबीच शान्तिपूर्ण तवरबाट निर्वाचन गराउन सफल भए पनि त्यसपछि जिल्लामा शान्ति सुरक्षा प्रत्याभूति नहुँदा अपराधिक घटनामा बढोत्तरी हुँदै गएकोे छ । जिल्लामा एकपछि अर्को आपराधिक घटना दोहोरिन थालेपछि सर्वसाधारणमा त्रास फैलिएको छ।

रौतहटमा अपराध बढ्यो, दश दिनमा ३ को हत्या

तेस्रो चरणको स्थानीय तहको निर्वाचन कडा सुरक्षाघेरा बीच शान्तिपूर्वक सम्पन्न भएपश्चात पछिल्लो दश दिनदेखि रौतहट जिल्लामा अपराधिक घटनामा त्यतिकै वृद्धि भएको पाइएको छ। जिल्लामा पछिल्लो दश दिन यता ३ जनाको हत्या, दर्जन ठाउमा झडप, मारपिट, जिल्लाका मुख्य बजारहरुमा चोरी लयायतका समाजिक घटनामा वृद्धि हुँदै गएपनि स्थानीय प्रशासनले नियन्त्रणको साटो प्रहरी सुरक्षा ब्यारेक भित्रै सिमित भएर गस्ती पेट्रोलिङ्ग नगरेको कारण अपराधिक घटनामा वृद्धि भएको देखिएको हो।

रौतहटमा १६ तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस अगाडी

रौतहटका १८ वटा स्थानीय तह मध्ये १६ स्थानको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएकाहरु मध्ये नेपाली काँग्रेस ८ स्थानमा, संघीय समाजवादी फोरम नेपाल ३ स्थानमा, माओवादी केन्द्र २ स्थानमा, राष्ट्रिय जनता पार्टी नेपाल २ स्थानमा र नेपाल लोकतान्त्रिक फोरम १ स्थानमा विजय प्राप्त गर्न सफल भएका छन्।

रौतहटमा स्थानीय तहको नेतृत्वमा एमाले कमजोर

स्थानीय तहको निर्वाचनमा नेकपा एमाले प्रमुख पदमा रौतहटमा कमजोर देखिएको छ। जिल्लामा रहेको १६ नगरपालिका र २ वटा गाउँपालिकामा सम्पन्न भएको मतगणना अनुसार जिल्लामा अग्रपंक्तिमा नेपाली काँग्रेस छ। उसलाई माओवादी केन्द्र र संघीय समाजवादी फोरमले पछ्याउँदैछ ।

दुई पक्षमा कुटाकुट हुँदा रौतहटमा एकजनाको मृत्यु

रौतहटको कटहरियामा दुई पक्षमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका-८ बलुवा टोलमा दुई पक्षबीच मारपिट हुँदा एकजनाको मृत्यु भएको हो।

रौतहटमा सुरु भयो धुर्मुस-सुन्तलीको चौथौ परियोजना (फोटो फिचर)

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकिकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन्।

रौतहटमा माओवादी अगाडि पछ्याउँदै काँग्रेस

अठार स्थानीय तह रहेको रौतहटमा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ। १६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा सबै स्थानीय तहको मतगणना प्रारम्भ भएको छ। प्रारम्भिक मतगणनामा माओवादी केन्द्रलाई नेपाली काँग्रेसले पछ्याइरहेको देखिएको छ।

दलका प्रतिनिधिबाट मतपत्र बचाउन रौतहटमा तारजालीको प्रयोग

रौतहटमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई घन्टा समय बाँकी छँदै ६२ देखि ८८ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको छ। मतदानको काम सकिँदै गर्दा गौर नगरपालिकाको मतगणना तयारी सुरु भएको छ। गौरको मतगणना रौतहट जिल्ला समन्वय समितिको कार्यालयमा गर्ने तयारी गरिएको छ।

रौतहटमा दुई महिला मेयरका उम्मेदवार

नेकपा माओवादी केन्द्रले रौतहटको दुई नगरपालिकाको मेयरमा महिलालाई उम्मेदवार बनाएको छ। सदरमुकाम गौर र सहरी विकासमन्त्री प्रभु साहको गृहनगर मौलापुर नगरपालिकामा माओवादी केन्द्रले महिला उम्मेदवार बनाएको हो।

रौतहटमा मनोनयन दर्ता सुरु

तेश्रो चरणको स्थानीय तहको निर्वाचनको लागि रौतहटमा उत्साह पुर्वक मनोनयन दर्ता सुरु भएको छ । असोज २ गते हुन गइरहेको स्थानीय तह तेश्रो चरणको निर्वाचनका लागि बुधबार बिहानै देखि १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा स्थानीय तहको उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर धमाधम मनोनयन दर्ता गराइरहेका छन्।

राजपाले बारा र रौतहटमा टुंगो लगायो

राष्ट्रिय जनता पार्टी नेपालले सोमबार बारा र रौतहटमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको अध्यक्ष मण्डलको सोमबारको बैठकले ती जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । अध्यक्ष मण्डलका सदस्यहरूले टुंगो लगाइएको उम्मेदवारको नाम भने गोप्य राखेका छन् ।

रौतहटमा सडकका सबै खाल्डा पुर्न निर्देशन

सडक बनाउनको लागि खनेको खाल्टोमा जमेको पानीमा डुबेर शनिवार चार बालिकाको मृत्यु भएपछि बल्ल रौतहट प्रशासनको त्यस तर्फ ध्यान दिएको छ।

करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु

करेन्ट लागेर रौतहटमा एक युवकको ज्यान गएको छ। तीन दिनदेखि घरमा कुलदेवताको पूजाको क्रममा बिहीबार बिहान साढे ६ बजे स्पिकरको तार जोडने क्रममा करेन्ट लागेर बौधीमाई गाउपालिका-१ अजगैवीटोलका २५ वर्षीय श्यामसुन्दर महतोको ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्