रौतहटमा चिसोबाट मर्नेको संख्या २३ पुग्यो
रौतहटमा अत्यधिक चिसोको कारण कठ्यांग्रिएर मंगलबार राति डेढ महिनाको शिशुसहित दुईजनाको ज्यान गएको छ । यीसँगै जिल्लामा चिसोबाट मर्नेको संख्या २३ पुगेको छ ।
रौतहटमा अत्यधिक चिसोको कारण कठ्यांग्रिएर मंगलबार राति डेढ महिनाको शिशुसहित दुईजनाको ज्यान गएको छ । यीसँगै जिल्लामा चिसोबाट मर्नेको संख्या २३ पुगेको छ ।
रौतहटमा अत्याधिक चिसोको कारण कठ्याग्रिएर डेढ महिनाको नवजात शिशुसहित २ जनाको ज्यान गएको छ। यससँगै चिसोबाट रौतहटमा मर्नेको संख्या २३ पुगेको छ।
चिसोले कठ्याँग्रिएर रौतहटमा थप दुई जनाको ज्यान गएको छ। शनिवार बेलुकी सम्म चिसोको कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।
तीन सातायता एक्कासि बढेको चिसोका कारण कठ्याँग्रिएर रौतहटमा १५ जनाको ज्यान गएको छ । पुसको पहिलो सातादेखि बढेको चिसोको कारण जिल्लाको जनजीवन अत्यधिक प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कठ्यांग्रिएर शुक्रबारसम्म ७ महिला र ८ पुरुषको मृत्यु भइसकेको छ।
झण्डै तीन सातादेखि पश्चिमा चिसो वायुसँगै एक्कासी बढेको चिसोको कारण कठ्याँग्रिएर रौतहटमा १५ जनाको ज्यान गएको छ। पुस महिनाको पहिलो हप्तादेखी एक्कासी बढेको कठ्याँग्रिदो चिसोको कारण जिल्लाको जन जिवन प्रभावित हुनुका साथै ठूलो जनधनको समेत क्षति भएको छ।
अत्यधिक जाडोका कारण रौतहटमा आइतबारसम्म पाँचजनाको मृत्यु भएको छ। शनिवार राती सुतेकै अवस्थामा ओछ्यानमै कठांग्रिएर दुईजनाको मृत्यु भएसँगै जाडोले मृत्यु हुनेको संख्या पाँच पुगेको हो।
अत्यधिक जाडोले कठांग्रिएर रौतहटमा थप दुईजनाको मृत्यु भएको छ। रौतहट राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ।
रौतहटमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका सबै मतदान केन्द्रहरुमा उत्साहपूर्वक मतदान भइरहेको छ।
आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाको शान्ति सुरक्षा अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताएका छन्। चुनाव अत्यन्त नजिक आइसकेकोले नागरिक, मतदाता र उम्मेदवारका साथै मतदानस्थलको सम्पूर्ण सुरक्षा अत्यन्त कडा पारिएको उनले बताए।
रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।
रौतहटमा एक युवतीको शंकास्पद मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका ७ प्रेमपुर गोनाही टोलकी एक दलित युवतीको शंकास्पद मृत्यु भएकोले आधा जलेको लासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिक भएको वाम गठबन्धनको वडा भेला स्थल नजिकै उक्त बम विस्फोट गराइएको हो।
डेंगु रोगको संक्रमणकाे कारण रौतहटमा एक जनाकाे मृत्यु भएकाे छ । दुई हप्तादेखि फैलिएको डेंगु रोगले दुई दर्जनभन्दा बढी बिरामी परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईका ४० वर्षीय मोतीराम गोलेको डेंगुका कारण मृत्यु भएको हो । रोगको संक्रमण देखिएपछि उपचारको लागि भरतपुर लगिएका गोलेको उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ। जिल्लाका सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदै गएको अवस्थामा तस्करहरुले विभिन्न बहानामा तीव्ररुपले वन विनाश गर्न थालेका हुुन्।
रौतहटमा प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरूले उत्साहपूर्ण मनोनयन दर्ता गराएका छन्। लोकतान्त्रिक गठबन्धन बन्न नसकेपछि वाम गठबन्धन खेमामा भने थप उत्साह देखिएको छ । रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका तर्पmबाट रौतहट सभापति कृष्णप्रसाद यादवले प्रादेशिक सभाका ‘क’ क्षेत्रका लागि नागेन्द्र साह र ‘ख’ क्षेत्रका लागि राजेश चौधरीसहितले मनोनयन दर्ता गराएका छन् । यसैगरी वाम गठबन्धनबाट पूर्व राज्यमन्त्री एवं माओवादी नेता सत्यनारायण भगत बिनले प्रदेशसभाका लागि ‘क’का लागि एमालेका भिखारी यादव र ‘ख’का लागि माओवादीका उपेन्द्र साहसहितले मनोनयन दर्ता गराएका छन् ।