रौतहटमा संक्रमितको संख्या एक हजार भन्दा बढी
बुधबार एकैदिन रौतहटमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२७ थपिएसँगै जिल्लाका कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।
बुधबार एकैदिन रौतहटमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२७ थपिएसँगै जिल्लाका कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला चौकमा भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।
रौतहटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवाका ६५ बर्षीया हेमन्ती देवीकोे आइतवार विहान घरबाट करिब दुई सय मिटर पर खेतमा शव फेला परेको छ।
अज्ञात समूहले रौतहटमा गोली प्रहार गरी एक जनालाई लुटेको छ।
रौतहटमा सर्पले डसेर एक हप्तामा तीन बालिकाको मृत्यु भएको छ। विषालु सर्प गोमनको टोकाइबाट गरुडा नगरपालिकामा एक र गढीमाइ नगरपालिकामा एकै परिवारका दुई बालिका रहेको जिल्ला अस्पताल गौरले जनाएको छ।
रौतहटमा विहीबार राति प्रहरी र अपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ।
रौतहमा डाक्टरको छोरा अपहरणमा परेका छन्। स्थानीय कटहरिया नगरपालिका ९ डुुमरियाका चिकित्सक दिलिप साहको १२ बर्षीय छोरा शनिदेवल भन्ने युवराज साह अपहरणमा परेको परिवारजनले जनाएका छन्।
रौतहटमा आमा छोराको शंकास्पद मृत्यु भएको छ। स्थानीय माधवनाराया नगरपालिका वडा नम्बर १ दिपहीका नागेन्द्र यादवको ३० बर्षीया श्रीमती मरिता यादव र उनका ४ बर्षीय छोरा रामन यादवको रहस्यमय तरिकाले मृत्यु भएको छ।
गत साउनमा रौतहटमा आएको भीषण बाढीबाट पीडितलाई तत्काल राहत दिनका लागि आएको करोडौं रुपैयाँ फ्रिज हुने अवस्थामा पुग्न लागेको छ । बाढीबाट देशमै सबैभन्दा बढी जनधनको क्षति भएको रौतहटमा अति प्रभावितका लागि आएको करोडौं रुपैयाँ सम्बन्धित पीडितसम्म पुग्न नसकेर फ्रिज हुन लागेको देखिएको छ।
रौतहटको बागमती नदीमा ठेकेदारहरुले अवैधरुपमा एक्जाभेटरको प्रयोग गरेर नदीको उत्खनन गरिरहेका छन्। जिल्ला समन्वय समिति रौतहटले आन्तरिक कामको लागि बागमती नदीको गिटी र बालुवा प्रयोगको लागि एक्जाभेटर प्रयोग गर्ने अनुमति दिएको हो।
रौतहटमा मंगलबार एक बालिका र एक महिलाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिकामा महिलाको शव फेला परेको छ भने करेन्ट लागेर बालिकाको मृत्यु भएको छ।
रौतहट प्रहरीले नेपाल भारत सीमावर्ती नाकामा कडाई गरेपछि बाराको नाका हुँदै रौतहट तर्फ तस्करी फस्टाएको पाइएको छ। मंगलबार बिहान सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करीको माल समान बरामद गरेपछि रहस्य सार्वजनिक भएको हो।
मंगोलियाबाट आएको चिल रौतहटमा फेला परेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका– १ शीतलपुरमा बिहीबार राति आठ बजे मंगोलियन चिल फेला परेको हो ।
रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय सार्ने विवादले उग्र रुप लिँदा गोली चलेको छ। नगर कार्यपालिकाको बैठकले साबिक विश्रामपुर गाविस कार्यालयमा रहेको वृन्दावन नगरपालिकाको कार्यालय करिब पाँच किलोमिटर टाढा हर्षाहा चौकमा सार्ने निर्णय गर्न लागेको भन्दै गत हप्तादेखि नै कार्यालयमा तालाबन्दी स्थानीयबासीले तालाबन्दी गरेका थिए।
केही दिन अगाडिसम्म अनशनरत प्रा.डा. गोविन्द केसी शीतलहर पीडितलाई न्यानो बाँड्न रौतहट पुगेका छन् । बिहीबार बिहानै डा. केसी कम्बल तथा अन्य न्याना कपडासहित रौतहटको गढीमाइ नगरपालिककाका विभिन्न वडाहरूमा रहेका यहाक, चमार, दुषाद, मुसहर, सरभङ, डोमलगायतका विपन्न समुदायमा देखिए।