७ आश्विन २०८१ सोमबार
image/svg+xml

अबको पर्यटकीय गन्तव्य महावु

महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिन्छ। मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगन्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने बूढापाका बताउँछन्।

कात्तिके स्नानका लागि कालीगण्डकीमा दैनिक भीड

कात्तिक महिना सुरु भएसँगै आध्यात्मिक र जैविक महत्वको कालीगण्डकी नदीमा स्नान गर्नेको भीड बढेको छ। कात्तिक स्नान गर्न कालीगण्डकी नदीमा भक्तजनको बिहानको समयमा भीड नै लाग्ने गरेको हो। कात्तिकभरि नै यहाँ स्नान, जप र ध्यान गर्नेको भीड लाग्ने गर्दछ।

आज हरितालिका तिज

तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन्।

साउन महिनाको पहिलो सोमबार: मन्दिर परिसरमै पूजाआराधना

विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन्। यो महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

सत्यं शिवं सुन्दरम्

हिन्दू धर्मशास्त्रको मूल वेदअन्तर्गत शुक्ल यजुर्वेदले उपासना गर्दै भनेको छ, ‘नमः सम्भवायच मयोभवायच नमः शङ्करायच मयस्करायच नमः शिवायच शिवतरायच।’ उनै शिव भगवान्को पूजाआराधना गरी फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि मनाइन्छ।

आज नवरात्रको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्