२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भिजिट नेपाल २०२० लाई केन्द्रीत गर्दै पुनर्निर्माणमा जुटेका छौंः मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुनर्निर्माणको कामलाई तीव्रता दिएको बताएका छन्।

११ वर्षीया बालिका बलात्कृत, काठमाडौं महानगरका कर्मचारी पक्राउ

काठमाडौं महानगरपालिकाका एक जना स्थायी कर्मचारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ बस्ने महानगरपालिकाको कुचीकार प्रमुख ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् ।

महामारी फैलिँदा ५० बढी बाख्रा मरे

नेपालगन्ज उपमहानगरपालिका–२३ मा बाख्रामा महामारी फैलिएको छ। करिब दुई सातादेखि फैलिएको महामारीले अहिलेसम्म किसानको ५० भन्दा बढी खसी र बाख्रा मरिसकेको वडा नम्बर २३ का वडाध्यक्ष मोहम्मद हुसेन शेखले जानकारी दिए।

सौन्दर्य बिगार्नेलाई कारबाही

भरतपुर महानगरपालिकाले महानगरको सौन्दर्य बिगार्नेलाई कारबाही गर्न थालेको छ। महानगरको सौन्दर्य बिगार्ने किसिमका कुनै पनि क्रियाकलाप गर्ने÷गराउनेलाई आर्थिक ऐन २०७६ मा जरिवानासहित कारबाही गर्ने व्यवस्था महानगरले गरेको हो। सोही व्यवस्थाअनुसार कारबाही गर्न थालिएको महानगर राजस्व शाखाप्रमुख सिर्जन थपलियाले जानकारी दिइन्। उनका अनुसार महानगरले फोहोरमैला र प्लास्टिकजन्य पदार्थ बालेको कसुरमा मालपोत कार्यालय, चितवनमा रहेको क्यान्टिन, पूजासामान, फलफूल तथा जुस पसलेलाई ५/५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ।

महानगरका ४२ विभिन्न गुरुयोजना तयार

काठमाडौं महानगरपालिका सहरी योजना आयोगले ४२ वटा योजनाको गुरुयोजना तयार पारेको जनाएको छ। आयोगले मंगलबार पत्रकार सम्मेलनमार्फत गत आर्थिक वर्ष २०७५/७६ का लागि ४२ वटा विभिन्न योजनाका गुरुयोजना तयार पारी कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकालाई सिफारिस गरेको छ।

नेवाःको नाम बदनाम नगरौं : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही व्यक्तिले भीड बाँधेर सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र अन्त्यमा ‘जय नेवाः’ भन्दै भाग्ने समूहले अन्ततः नेवाः समुदायकै अपमान गरिरहेको बताएका छन्। पहिले–पहिले माओवादी कार्यकर्ताहरू पनि जनताको घरमा गएर लुटपाट गर्ने र अन्तमा ‘माओवादी जिन्दावाद’ भन्दै भाग्ने गरेकाले उनीहरूकै कारण माओवादी पार्टी बदनाम भए जस्तै अहिले काठमाडौंमा पनि केही व्यक्तिको समूह मिलेर नेवाःको नाममा नेवाःलाई बदनाम गर्ने कार्य भइरहेकोप्रति मेयर शाक्यले चिन्ता व्यक्त गरेका हुन्।

महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं महानगरपालिकाको आव २०७६÷०७७ को नीति तथा कार्यक्रम पारित भएको छ। नगरपालिकाको पाचौं नगरसभाले बजेट पारित गरेको महानगरले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाएको हो।

३ वर्षभित्र मोनोरेल संचालनमा ल्याइसक्ने कार्ययोजना

काठमाडौं महानगरपालिकाले आगामी ३ वर्ष भित्र मोनोरेल संचालनमा ल्याईसक्ने कार्ययोजना तय गरेको छ। काठमाडौं महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष भित्र मोनोरेलको उचित व्यवस्था गरी संचालनमा ल्याउने उल्लेख गरिएको हो।

काठमाडौंका सबै सामुदायिक विद्यालय एकै रङमा

काठमाडौं महानगरपालिकाले सबै सामुदायिक स्कुललाई एकै रङमा रंग्याउने भएको छ। विद्यालय व्यवस्थापक समाज नेपालको शनिबार भएको वार्षिक साधारण सभामा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र रहेको ९१ वटा सामुदायिक विद्यालयलाई यस आर्थिक वर्षमा एउटै रङमा रंग्याउने बताएका हुन्। उनले यस वर्ष सामुदायिक विद्यालयका खेलस्थल सुधार, खानेपानीको व्यवस्था, शौचालय मर्मत तथा निर्माणका कार्य पनि हुने बताए। ‘विद्यालय भित्र विभिन्न समस्या छन्। विद्यालयमा शिक्षक दरवन्दीमा धेरै समस्या छन्। यसलाई व्यवस्थित गर्न र शिक्षामा सुधार गर्न महानगरपालिका लागिपरेको छ,’ उनले भने।

प्लास्टिकजन्य झोला निषेध योजनामै सीमित

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा महानगरमा प्लास्टिकजन्य झोला बिक्री वितरण तथा प्रयोग निषेध गर्ने नीति ल्यायो। महानगर क्षेत्रमा ३० माइक्रोनभन्दा कम तौलका झोला उत्पादन र प्रयोग गर्न प्रतिबन्ध लगाउन जनचेतना, प्रचारप्रसार, पत्राचार तथा अनुगमन र कारवाही गर्ने कार्ययोजना बनाइयो। र, महानगरपालिकाले यसका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन पनि गरियो। तर, योजना कार्यान्वयन भएन।

फेरि थुनियो महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास

काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा फेरि महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ ।

मेयर चौधरीले लगाए आफ्नै कम्पाउण्डमा डोजर

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन्।

शङ्ख फुके पनि जोगिएनन् मकै

सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ।

वनस्पति घ्यु उद्योगमा लागेको आगो १६ घण्टापछि नियन्त्रण

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब साढे दुई बजेदेखि सुरु भएको आगलागी साँझ करिब ७ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

छातिमा दुखाई बढेपछि काठमाडौं महानगरकी उपमेयर अस्पताल भर्ना

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई अस्पताल भर्ना गरिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्