१० मंसिर २०८१ सोमबार
image/svg+xml

फाइनलमा प्रणव र संरक्षक

प्रणव खनाल र संरक्षकभूषण वज्राचार्य १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको सेमिफाइनलमा प्रणवले संरक्षकका भाइ सम्यकलाई ६–२, ६–२ तथा संरक्षकले निन्वाम राईलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे ।

पिएफए अत्तरिया फाइनलमा

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबलाई १–० ले पाखा लगाउँदै पिएफए अत्तरिया ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कपको फाइनल पुगेको छ । धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा पिएफएका तर्फबाट निर्णायक गोल मणिराम चौधरीले गरे । निकै प्रतिस्पर्धात्मक उक्त खेलको ६६औं मिनेटमा डी बक्सभित्र पाएको बललाई सदुपयोग गर्दै मणिरामले गोल गरेका थिए ।

माहिका सेमिफाइनलमा

माहिका राणा १५औं जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । प्रायः प्रतियोगितामा जुम्ल्याहा दिदी मायांकासँग फाइनलमा प्रतिस्पर्धा गरेकी माहिकाले यो पटक भने सेमिफाइनलमै दिदी मायांकालाई प्रतिद्वन्द्वीका रूपमा पाएकी छिन् ।

सुदुरपश्चिम ११ र आयोजक सेमिफाइनलमा

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब र आयोजक पशुपति फारवेस्ट युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई मंगलबार १–० ले पराजित गर्दै  सुदुरपश्चिम ११ ले उपाधि दौडलाई कायम राखेको हो । धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा सुदूरपश्चिम ११ का चेतन थारूले  खेलको १६औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

पिएफए र न्यु बुद्ध सेमिफाइनलमा

पिएफए अत्तरिया र न्यु बुद्ध युवा क्लब फूलबारी धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल एसिसी यु–१६ च्याम्पियनसिपको फाइनलमा

नेपाल र सिंगापुरले एसिसी यु–१६ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले शनिबार थाइल्यान्डमा भइरहेको प्रतियोगितामा मलेसियालाई ७२ रनले हराउँदै फाइनलमा पुगेको हो । अब नेपालले ट्रेडथाइ क्रिकेट मैदानमा आइतबार सिंगापुरसँग फाइनल खेल्नेछ ।

नेपाल-बंगलादेश फाइनलमा भिड्दै

प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन्।

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेटमा मंगलबार हङकङलाई ४ विकेटले हराउँदै नेपाली किशोर टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको छ ।

ब्याडमिन्टनमा नेपाल फाइनलमा

भारतको गुवाहटीमा जारी प्रथम दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

आयोजकलाई रोक्दै मनाङ फाइनलमा

आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई सडन डेथमा ८–७ गोलले हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब बुधबार ‘मेची नेत्रालय काँकडभिट्टा गोल्डकप’ को फाइनलमा प्रवेश गरेको छ।

रूपन्देही सेमिफाइनलमा

एपिएफलाई ३–१ ले पराजित गर्दैैै अग्नि रुपन्देही ११ बिहीबार मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै रूपन्देही एपिएफसँग झापाली मैदानमा केही समयअघि भएको दुधे गोल्डककोे पराजयको पनि बदला लिन सफल भएको छ ।

पुलिस क्लब सेमिफाइनलमा

भारत कोलकाताको सुवाषचन्द्र ब्वाइज क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै नेपाल पुलिस क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उद्घाटन खेलमा बुधबार अन्तिम चारमा पुगेको छ।  कोलकाताविरुद्धको एकतर्फी जितमा पुलिसका तीर्थ रानाले दुई र भोला सिलवाल एवं तेज तामाङले समान १ गोल गरेका थिए । प्रारम्भदेखि नै आक्रामक पुलिसले १०औं मिनेटमै तीर्थको गोलमा अग्रता लिएको थियो । रवि पासवानले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए।

हिमालयन शेर्पा फाइनलमा

त्रिदेव गुरुङले ५६औं मिनेटमा गरेको गोलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै यती हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरि गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ ।

पहिलो पटक नेपाल सेमिफाइनलमा

साबिक विजेता भारतलाई बंगलादेशले पराजित गरेपछि मंगलबार बायोमास ओभलमा आयोजक मलेसिया माथि ८ विकेटको विजय हासिल गरेको नेपाल पहिलो पटक एसिसी यु–१९ युथ एसियाकपको सेमिफाइनलमा पुगेको छ।

नेपाल युथ एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

नेपाल मलेसियामा जारी एसीसी यु -१९ एसिया कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ब‌ंगलादेशसँग पराजित हुँदा अंक तालिकामा दाेस्रो स्थानमा रहेर मलेसियालाइ हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह बिजेता बनेर ६ अ‌ंक सहित बंगलादेश अग्रस्थानमा रह्यो भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रह्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्