१० मंसिर २०८१ सोमबार
image/svg+xml

आर्मी खप्तड गोल्डकपको फाइनलमा

बिभागीय टोली त्रिभुवन आर्मी क्लब साविकको बिजेता लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दीमाथि जित हात पार्दै सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। खचाखच दर्शकले भरिएको धनगढी रंगशालामा शनिवार भएको पहिलो सेमीफाइनलमा मनाङ मर्स्याङ्दीलाई ३–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको हो।

नवयुगको गोलले त्रिभुवन आर्मी सेमिफाइनलमा

धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत विहीबार भएको खेलमा त्रिभुवन आर्मीले थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

आमिएन्सलाई २–० ले हराउँदै पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा नुमान्सियासंग २–२ को बराबरी खेलेपनि समग्रमा ५–२ को जितसँगै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

महिलातर्फ पश्चिमाञ्चल सेमिफाइनलमा

राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आर्मी र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एपिएफ क्वाटरफाइनलमा

पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै विभागीय टोली एपिएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पुन र गौचन फाइनलमा

राखेप च्याम्पियनसिपअन्तर्गत आठौं राष्ट्रिय आर्चरी प्रतियोगिताको शनिबार पुरुष खुला रिकर्भतर्फ ७० मिटर दूरीमा स्वयम्भू आर्चरी क्लबका प्रेमप्रसाद पुन र थासाङ स्पोर्ट्स क्लबका मीन गौचन फाइनलमा प्रवेश गरेका छन् ।

इपिएल फाइनलमा दर्शकको खचाखच(फोटो फिचर)

एभरेष्ट प्रिमियर लिग(इपिएल)को फाइनल खेल हेर्न किर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइचो लागेको छ।  विराटनर वारियर्स र भैरहवा ग्लाडियट्रर्सको खेल हेर्न  देशभरबाट धेरै मानिसहरूको उपस्थिति रहेको छ । खेलको पहिलो इनिङ सकिँदा विराटनगरले भैरहवालाई १५० रनको चुनौति दिएको छ।

फाइनलमा आर्मी र एपिएफ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपअन्तर्गत पोखरामा भएको ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा आर्मीले पुलिस र एपिएफले घरेलु टिम पश्चिमाञ्चललाई पराजित गर्दै उपाधिका लागि भिड्ने भएका छन् ।

सुनसरी फाइनलमा

फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलअन्तर्गत रूपन्देही ११ लाई ३–१ को नतिजामा पराजित गर्दै सुनसरी–११ बिहीबार भएको खेलबाट फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको १४औँ मिनेटमा सुनसरीका तीर्थ बस्नेतले गोल गर्दै  आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

कृष्णा र भावना सेमिफाइनलमा

पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना सुनुवार बिहीबार राखेप च्याम्पियनसिपअन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगितामा महिला एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् । मध्यमाञ्चलका विपना ब्लोन र स्वस्थानी श्रेष्ठले अन्तिम चारमा स्थान पक्का गरे ।

अमृत र छिरी क्वाटरफाइनलमा

पश्चिमाञ्चलका अमृत थापा मगर र मध्यमाञ्चलका छिरी लामा राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकलमा बुधबार क्वार्टरफाइनल पुगेका छन् । अमृतले मध्यमाञ्चलका विजय मगरलाई ११–५, ११–३, ११–६ तथा छिरीले नेपाल प्रहरी क्लबका ज्ञानु चौधरीलाई ११–७, ११–५, ११–७ को सोझो सेटमा पराजित गरे ।

भैरहवालाई हराउँदै विराटनगर फाइनलमा

विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल)को फाइनलमा प्रवेश गरेको छ।  बुधबार सम्पन्न पहिलो प्ले अफ् खेलमा भैरहवा ग्लाडियटर्सले लाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो । भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगर वारियर्सले १७ ओभरमा २ विकेट गुमाइ भेट्टायो । विराटनगरका लागि बाबर हायतले सर्वाधिक ६२ रनको योगदान दिए।

मध्यमाञ्चल र पश्चिमाञ्चल फाइनलमा

राखेप च्याम्पियनसिपअन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टमा मध्यमाञ्चल र पश्चिमाञ्चलसोमबार फाइनलमा प्रवेश गरेका छन् ।

धामी र गौचनको जोडी फाइनलमा

नेपालका दीपेश धामी र शोभा गौचनले शनिबार मलेसियाका इभेसगारन भासिगरान र धर्साइनी भासिगारानको जोडीमाथि जित हासिल गर्दै योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगिताअन्तर्गत मिश्रित युगलको फाइनलमा स्थान पक्का गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्