१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल क्वार्टरफाइनलमा

केन्यालाई २–० तथा ताजाकिस्तालाई ३–१ गोलअन्तरले पराजित गर्दै सडक बालबालिकाको विश्वकप फुटबलमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रदेश नम्बर ५ र १ क्वार्टरफाइनलमा

प्रदेश नम्बर ५ र प्रदेश नम्बर १ रोल्पामा शनिबारबाट सुरु भएको सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

अनुप स्मृति गोल्डकप : भोजपुर र बुईपा सेमीफाइनलमा

खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपमा भोजपुर नगरपालिका र खोटाङकै बुईपा सेवा समाज बुईपा सेमीफाइनल प्रवेश गरेको छ।

रत्नजित र विकास सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र भोजपुरका विकास श्रेष्ठले बिहीबार सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।

आर्मीलाई रोक्दै मनाङ फाइनलमा

टाइब्रेकरबाट त्रिभुवन आर्मी क्लबलाई ट्राइबेकरमा ५–४ गोलले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब झापामा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । यससँगै मनाङले फाइनलमा पुलिस क्लबको सामना गर्नेछ।

पुलिस क्लब फाइनलमा

अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। खेलको मंगलबार भएको पहिलो सेमिफाइनलको ३८आंै मिनेटमा निरकुमार राईले पुलिसका लागि निर्णायक गोल गरेका थिए। सशस्त्रका गोलकिपर बिट भइसकेको अवस्थामा हेडमार्फत उनले सो गोल गरका थिए।

आयोजक सेमिफाइनलमा

टोखा नगरपालिकालाई ६९–५२ को स्कोरमा पराजित गर्दै आयोजक कीर्तिपुर नगरपालिका सोमबार समूह ‘बी’ को विजेताका बन्दै प्रदश नम्बर ३ अन्तरनगरपालिका प्रथम मेयर कप बास्केटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

फाइनलमा एपिएफ र पुलिस

साबिक विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबले शुक्रबार शिभम् न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हराउँदै शेरबहादुर खड्का स्मृति केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

पुलिस र एपिएफ सेमिफाइनलमा

लगातार दोस्रो खेल जित्दै विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले राजधानीमा जारी चौथो केएनपी जापान महिला राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।

लिभरपुल ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

इटालियन क्बल रोमालाई हराउँदै इङलिस क्लब लिभरपुल ११ वर्षपछि च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

आईरा र प्रेरणा फाइनलमा

सेमिफाइनलमा अभिलासा विष्ट तथा गंगा शर्मालाई पराजित गर्दै आईरा रावत र प्रेरणा कोइराला छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, बेन्जेमाको २ गोल

साविक विजेता रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। स्पेनीस क्लब रियल समग्रमा जर्मन क्लब बार्यन म्युनिखलाई ४–३ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

प्रदेश नम्बर ७ र २ फाइनलमा

प्रदेश नम्बर ७ र प्रदेश नम्बर २ मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

प्रेरणा र एनी क्वाटरफाइनलमा

प्रेरणा कोइराला र एनी माथेमा छैटौं सिटिजन्स बैंक खुला लनटेनिस प्रतियोगिताको महिला सिंगल्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

फाइनलमा दुई विभागीय टोली

दिपक गुप्ता स्मृति ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्