५ आश्विन २०८१ शनिबार
image/svg+xml

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो ।

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

कंगो राष्ट्रिय सेनाको कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ ।

ट्याम्पू दुर्घटना हुँदा एकको मृत्यु

मोरङको उर्लाबारी–५ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति अटो ट्याम्पु दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु

बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाणगंगा नगरपालिका–११ मर्थिमा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी २० वर्षीय नीरज विश्वकर्माको मृत्यु भएको हो।

'टुरिष्ट' बस तनहुँमा दुर्घटना भएर उत्तानो पर्यो, १३ घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ढावमा एक यात्रुबाहक बस आज दिउसो दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन्।

बस दुर्घटनामा चार गम्भीर घाइते

सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नम्बरको बस बुधबार साँझ साढे ६ मा दुर्घटना हुँदा बसमा चढेका २२ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकोले उपचारका लागि सुर्खेत लगिएको दैलेख प्रहरीले जानकारी दिएको छ । ‘बुधबार साँझ कोहलपुरबाट पूजापाठका लागि घरपरिवारका आफन्त चढेको बस दुर्घटना भएको थियो ।

काभ्रेपलाञ्चोकमा बोलेरो दुर्घटना , ६ को मृत्यु

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोरङको बेलबारी नगरपालिका-११ स्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ४२१० नंको मोटरसाइकल आज बिहान १ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

रामेछापको बाबियाखर्कमा बस दुर्घटना हुँदा ३ को मृत्यु

रामेछापको रामेछाप नगरपालिका ८ बाबियाखर्कको बितिटारमा शुक्रबार विहान ९ः३० बजे बस दुर्घटना भएको छ। रामेछापबाट मन्थली हुँदै काठमाडौँ आउँदै गरेको बा २ ख ६३७२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  भने २० भन्दा बढी घाइते भएका छन् ।

दसैँमै बढ्छन् दुर्घटना

प्रहरीले टिकटमा कालोबजारी भए तत्कालै ‘कन्ट्रोल रुम’मा खबर गर्न अनुरोध गरेको छ । बसको छतमा मान्छे र व्यापारिक सरसमान राखेको पाइए कडा कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । सवारी तथा यातायात व्यवस्था नियमावलीमा सवारीसाधनमा छत राख्न नपाउने नियम छ । छत राखेर सवारीसाधन चलाएमा पाँच हजार जरिवाना र ६ महिना इजाजत रद्द गर्न सकिन्छ ।

ट्याक्सी दुर्घटनामा बालिकाको मृत्यु

दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुँदा गढवा गाउँपालिका–६ खबरी निवासी ६ वर्षीय लक्ष्मी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

भारतकाे अासाममा डुंगा दुर्घटना, दशको मृत्यु

भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

धादिङको विशालटारमा बस दुर्घटना, ३१ जना घाइते

काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

बोलेरो दुर्घटनामा एकको मृत्यु, ११ घाइते

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नंको बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्