४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बस दुर्घटना एकको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषस्थित पशुपति डाँडामा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ३ छेलाङबाट मंगलबार सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर रूखमा अड्किएको थियो ।

बस दुर्घटनामा तीनको मृत्यु

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार बाँकेको खाशकुस्मास्थित लौकी खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ वर्षीया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ वर्षीया रवीन्द्र पाण्डे रहेका छने भने अर्का एक जना पुरुषको शव सनाखत हुन सकेको छैन् ।

प्रहरीको गाडी दुर्घटनामा १२ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक एकआपसमा ठोक्किदा नौ प्रहरीसहित १२ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्रक र विपरीत दिशाबाट आइरहेको बा १ ग २२१२ नंको ट्रक ठोक्किदा ट्रकमा रहेका नौ प्रहरी र तीन थुनुवा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

जिप दुर्घटनाका घाइतेलाई काठमाडौँ ल्याइयाे

तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडाैं ल्याइएकाे छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि मोरङ, उर्लाबारीका–२६ वर्षीय दिलीप घिमिरे र २० वर्षीय अनिलजंग थापालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडाैं ल्याइएकाे हाे ।

डुंगा दुर्घटनामा १० रोहिङ्गा बालबालिकासहित १२ को मृत्यु

म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ । यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् ।

जिप दुर्घटनामा दुईजनाको मृत्यु

पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो ।

दुर्घटनामा परी किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ।  एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ।

अटो रिक्सा दुर्घटनामा एकको मृत्यु

अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन्।

अर्खाखाँचीमा वस दुर्घटनाहुँदा २ को मृत्यु ४० घइते

जिल्लाको मालारामी गाउँपालिका वडा नं. ३ खनदह सावडाँडामा वस दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमै मृत्यु भएको छ।

विमान दुर्घटना हुदाँ ५सैनिकको मृत्यु

भारतको अरुणाचल प्रदेशमा भारतीय सेनाको विमान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा एक घाइते भएका छन्।

अर्घखाँचीमा बस दुर्घटना हुँदा २ को मृत्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा शुक्रबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

कागबेनी दुर्घटनाका घाइतेलार्इ काठमाडौँ ल्याइदै

तीन जनाको ज्यान जाने गरी मंगलबार साँझ कागबेनीमा भएको बस दुर्घटनाका घाइतेलाई बुधबार बिहान काठमाडौँ ल्याइएको छ।

मुक्तिनाथमा बस दुर्घटना, तीनको मृत्यु, २० घाइते

धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग १ ख ५५२९ नम्बरको बस बे्रक फेल भई दुर्घटना हुँदा बिराटनगर–८ का गणेश सुवेदी, सवारी चालक बाग्लुङका खेमबहादुर बुढामगर र कीर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमा मृत्यु भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए ।

पाल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

निस्दी गाउँपालिका–७ ज्यामिरेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छजना घाइते भएका छन्।

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्