दातालाई स्वेताको सम्मान
सिन्धुपाल्चोकमा माझी बस्ती निर्माण गर्न आर्थिक सहयोग गर्ने दातालाई नायिका श्वेता खड्काले सम्मान गरेकी छिन्।
सिन्धुपाल्चोकमा माझी बस्ती निर्माण गर्न आर्थिक सहयोग गर्ने दातालाई नायिका श्वेता खड्काले सम्मान गरेकी छिन्।
नेपालमा मुत्रप्रणालीसम्बन्धी रोगको उपचार सुरु गर्ने दुई जना बरिष्ठ युरो सर्जनहरु सम्मानित भएका छन्। नेपालमा यूरो सर्जरीका उपचार सुरुवातकर्ता बरिष्ठ चिकित्सक डा. विश्वराज दली र डा. सिपी मास्के सम्मानित भएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई महिला उद्यमी महासंघ नेपाल(एफविन)ले बधाइ तथा सम्मान गरेको छ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् ।
एफडब्लुडी नर्थ पोल म्याराथनमा पदक जित्ने नेपाली खेलाडी भीमबहादुर गुरुङ र समीर तामाङ सम्मानित भएका छन् । नर्थ पोल म्याराथन विश्वकै चिसो ठाउँमा हुने म्याराथन हो । भीमबहादुर र समीरलाई मंगलबार बतासे ट्रेल्सले सम्मान गरेको हो ।
वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ ।
भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले कवि मञ्जुललाई नगदसहित सम्मान गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले मञ्जुललाई १० हजार नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
गायक नविन पौडेल नुर गंगा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै लोक संगितमा योग्दान पुर्याएका पौडेल तीस हजार नदगसहित सम्मानित भएका हुन्।
गृहमन्त्री बिमलेन्द्र निधिले सरकारका तर्फवाट घोषणा गरेको रु. १० लाख शनिबार शहिद गोबिन्द गौतमकी पत्नी शुसिला(लक्ष्मी) गौतमलाई उपलब्ध गराएका छन्।
विश्व उपभोक्ता दिवसको अवसरमा नागरिकर्मी दिलीप पौडेल सम्मानित भएका छन्। पत्रकारिताको माध्यममार्फत उपभोक्ता हक हित संरक्षण गर्न भूमिका निर्वाह गरेको भन्दै आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले नागरिक दैनिकको आर्थिक व्यूरोमा कार्यरत पौडेललाई बुधबार सम्मानित गरेको हो।
हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका र प्रहरीको खोजी सूचीमा रहेका बालकृष्ण ढुङगेल सिन्धुलीमा सम्मानित भएका छन्।
ज्वरो आएका ७२ वर्षीय बुवा खिमलाल गौतमलाई उपचारका लागि आइबिआरडीको क्लिनिकमा लैजाने योजना थियो गोविन्द गौतमको। भारतीय पक्ष आएर कल्भर्ट भत्काउन लागेको सुन्नेबित्तिकै बिहीबार ९ बजेतिर उनी आफ्नो भूमिको रक्षाका लागि लड्नुपर्छ भन्दै दौडिए।
भारतीय प्रहरीको गोली लागेर मृत्यु भएका पुनर्वास नगरपालिका– ८ का गोबिन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि हुने भएको छ।
कुशल मेन्डिज दोहोरो शतक प्रहार गर्न चुके पनि श्रीलंकाले बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बुधबार पहिलो इनिङमा ४ सय ९४ रनको सम्मानजनक योगफल खडा गरेको छ।
१०७औं नारी दिवस अवसरमा केयर महिला छात्रावास कोटेश्वरले नागरिककर्मी चाँदनी हमालसहित तीन नारी शक्तिलाई सम्मान गरेको छ। छात्रावासले बुधबार नागरिककर्मी हमाल, मीना श्रेष्ठ र बिनु शाहलाई खादा र पुरस्कारसहित सम्मान गरेको हो।