३ कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

श्रीलंकाको सम्मानजनक योगफल

गेल- कुशल मेन्डिज दोहोरो शतक प्रहार गर्न चुके पनि श्रीलंकाले बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बुधबार पहिलो इनिङमा ४ सय ९४ रनको सम्मानजनक योगफल खडा गरेको छ।

बंगलादेशले दोस्रो दिनको समाप्तिमा १३३–२ मा खेलिरहेको छ। ओपनर सौम्य सरकार ६६ र मुस्पि्ककर रहिम १ रनमा खेलिरहेका छन्। १ सय ३३ बल खेलेका सौम्यले ७ चौका र १ छक्का प्रहार गरे। ओपनर तमिम इकबालले रन आउट हुनुअघि १ सय १२ बलमा ५७ रन जोडेका थिए। त्यस्तै दिलरुवान परेराको बलमा एलबिडब्लुको सिकार हुनुअघि मोमिनुल हकले मात्र ७ रन जोड्न सके।

यसअघि ३२१–४ बाट दोस्रो दिनको खेल सुरु गरेको श्रीलंकाले थप १ सय ७३ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो। मेन्डिज करियर्सको पहिलो दोहोरो शतकका लागि ६ रनले चुके। उनी मेहदी हसन मिराजको बलमा तमिम इकबालबाट क्याच भए। २ सय ८५ बलको सामना गरेका उनले १९ चौका र ४ छक्का प्रहार गरे।

पहिलो दिन १ सय ६६ रनमा अविजित रहेका २२ वर्षे मेन्डिजले दोस्रो दिनको पहिलो बल नोबल भएपछि जीवनदान पाएका थिए।

उनले निरोशान डिकवेलासँग पाँचौं विकेटका लागि १ सय २४ बलमा १ सय १० रनको साझेदारी गरेका थिए। मिराजको बलमा मोहम्मदुल्लालाई क्याच दिएका डिकबेलाले ७६ बलमा ६ चौका र एक १ छक्काको मद्दतमा ७५ रन जोडे। त्यस्तै मिराजको बलमा एलबिडब्लुको सिकार भएका परेराले ७७ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५१ रनको योगदान दिए। रंगना हेराथले १४ रन जोडे।

बंगलादेशका मेहदी हसन मिराजले १ सय १३ रन खर्चेर ४ विकेट लिए भने मिस्ताफिजुर रहिमले ६८ रन खर्चेर २ विकेट लिए। त्यस्तै तस्किन अहमद, शाकिब अल हसन र सुवासी रोएले समान १ विकेट लिए।

प्रकाशित: २६ फाल्गुन २०७३ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App