१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

हिमालजस्ता गुरु

कलेजो रोगले थलिएका मुकुन्दको कलेजो ठीक भइसकेको थियो । मुकुन्द यसलाई गुरुकृपा सम्झन्थे । लामो समय गुरुको सामिप्यपछि मुकुन्द योगानन्द बने। सेल्फ रियलाइजेसन सेन्टरहरू स्थापना गर्दै पश्चिमी मुलुकहरूमा घुमेर योगानन्द भारत फर्के।

घडीचरो

हामी चराचुरुङ्गीहरूको आयु त्यति लामो हुँदैन । असमयमै मान्छेले काटेर खान्छन् । आयु छोटो भए पनि केही राम्रो काम गरेर मर्नुपर्छ भन्ने लाग्यो रे हाम्रा पुर्खालाई । के गर्ने भनेर निकै सोचे रे । त्यो समयमा घडीको निर्माण पनि भएको थिएन रे । मानिसहरू आकाशका जून–तारा हेरेर समयको अड्कल गर्थे रे । मानिसहरूको त्यही समस्यालाई सम्बोधन गर्न हाम्रा पुर्खाले घडीको काम गर्ने विचार गरेका रे !

इन्द्रधनु

नुहाएर सफा भई घाम ताप्न आउँछिन्, डाँडापाखा, खोलानाला, हिमाल हेर्न पाउँछिन् । फूलसित पैँचो लिई जिउमा रङ्ग भर्‍यौ, धेरैपछि इन्द्रधनु आज देखापर्‍यौ।

सामाजिक परिवर्तन र उत्पादन

उत्पादनका साधनहरूको उन्नतिबाट उत्पादन गर्ने मानिसको सामाजिक र राजनैतिक विचार बदलिन्छ । जब पुरानो उत्पादन सम्बन्ध, यी शक्तिहरूका विकासमा अवरोध बन्दछ त यी शक्तिहरू ती सम्बन्धलाई तोडेर अगाडि बढ्दछ । यदि उत्पादन सम्बन्ध बदलिँदैन भने त समाज गहिरो संकटको शिकार बन्दछ । आज पूँजीवादी समाजको संकट पनि यसै संघर्षको परिणाम हो । समाजवादी व्यवस्थामा उत्पादन सम्बन्ध शक्तिहरूको विकासमा कसैले बाधा पुरयाउँदैन।

तृप्त

पासाले एकछिन सोचे अनि वास्तविकता पत्ता लगाउँदै बोले – बेइमानले जुका भनेको होला । तृप्त हुने भनेको जुका नै हो । सजीव दुःख गर्ने परजीवी चुस्ने ।

समवेदना

समय दौडियो। महिनादिनपछि छोराबुहारीले फर्कनुपर्ने कुरा गरे । जाओ भने । काखमा खेलिरहेको छोरातिर हेरेर भने– हजुरको नाति पनि लान्छौं । अब तपाईंलाई गाह्रो हुन्छ । यसको पनि राम्रो स्याहार पुग्दैन।त्यतिका दिनसम्म एक्लिएका बमप्रसाद अब रित्तिएका देखिए ।

देश रोएको बेला

देश रोएको बेला कुर्सीको लोभमा नफसे हुने हो आमाको जीवन उजाडिएको बेला दाजुभाइ नलडे हुने हो शकुनिहरू पासा पल्टाउने षड्यन्त्र गर्दैछन् तिमी स्वार्थमा नडुबेकै राम्रो।

खसीको मासु

बिहानै गाउँबाट जुठो परेको खबर आएपछि श्रीमती फत्फताउँदै भन्न थालिन् –आज शनिबार खाउँला भनेर पल्लो घर छिमेकीबाट लोकल खसीको मासु ल्याएको थिएँ। एकाबिहानै जुठो बार्नुपर्ने खबर पो आयो। कहिल्यै राम्रोसँग चाडपर्व मनाउन नपाइने भयो । बुढाको दाजुभाइ खलक नै ठूलो । दिक्क लाग्ने।

झुकी आफू झुकाउनू पराईको शिर

झुकी आफू झुकाउनू पराईको शिर , जम्ला हात गरीगरी पुगी उही नीर। अरूलाई नमस्कार सम्मानका लागि, कप्टीलाई बन्छ त्यही मुटु घोच्ने झीर ।

लुमडीको सपना

पार्टीले टिकट नदिएपछि उसलाई नमीठो लाग्यो । उसले पछुताउँदै भन्यो, ‘सपनामा देखेको कुरा पूरा हुन्छ भनेर मैले पेन्सन पाक्नेबित्तिकै जागिर छोडे तर पाइनँ । मेरो ठूलो गल्ती भयो ।

आउने आशा

त्यो तिम्रो कोमल हृदय आज, ढुङ्गाजस्तो चट्टान बन्दा अतीतलाई सम्झदा, यो मुटुमा तुफान आउँछ चटयाङ पर्छ, बाढी आउँछ । मन शान्त पार्ने कुनै औषधि नहुँदा पीडै पीडाले छटपटाइरह्यो छटपटिँदा – छटपटिँदा आँसुको भेल बग्छ तर, के गर्नु तिमी आएनौ ।

नयाँ वर्षको शुभकामना

यी दुईको वार्ता सुनिरहेको सँघारले भन्यो – ‘म पनि यो वृद्ध शरीर लिएर नयाँ पुराना सालहरूसँगै युगयुग तगिरहेको छु । नयाँ साल भन्नु आशाको त्यान्द्रो हो । बाँच्नका लागि आशा नै मार्न भएन त साथी हो । क्या अर्ने ? म त बुझेर नै भन्दै छु – नयाँ वर्षको शुभकामना।

टिफिन

अचेल मेरो ब्यागमा सानो टिफिन साथी बस्छ मलाई त्यो टिफिन श्रीमतीलाई जस्तै माया लाग्छ किनभने मेरी उनी र म बिच भेट गराउने माध्यम बन्छ ।

आऊ हामी एउटै बाचा कबुलको कुरा गरौं

फुटेर होइन जुटी एकताको माला गासौँ,एक हातले बज्दैन ताली हुलको कुरा गरौ ।समृद्धि र विकासको विगुल फुक्नुपर्छ अब, आऊ हामी एउटै बाचा कबुलको कुरा गरौं ।

अर्काको मान्छे

म माया गर्छु , उनलाई रातको एघार बजेसम्म हरेक दिन म्यासेन्जरको हरियो थोप्ला हेरेर बस्छु । फोन गर्छन् कि आश गर्दागर्दै सात जनाको फोन आइसक्छ । हतारहतार फेरि उसको मुहारपुस्तिका खोलेर हेर्छु । मुसुक्क मुस्कुराएको छ । म पनि उसको फोटो हेरेर सधैँ मुस्कुराउँछु । मनमनै सोच्छु, ऊ अर्काको मान्छे समय मिलाएर बोल्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्