२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

लुमडीको सपना

लघुकथा

लुमडीले राजनीतिमा लागेर एउटा पार्टीबाट सभासद्को टिकट पाई चुनाव जितेको सपना देख्यो । अनि उसले आफ्नी श्रीमती र आमाबुबालाई सपनामा देखेको कुरा सुनायो । उसले कार्यालयको हाकिम साहेबलाई पनि सपनामा देखेको कुरा सुनायो । हाकिम साहेबले “धेरैजसोको सपनामा देखेको कुरा पूरा हुन्छ नि” भने । उसले स्थायी जागिर खाएको बिस वर्ष पूरा हुन दुई वर्ष बाँकी थियो । दुई वर्षपछि उसको पेन्सन पाक्यो र पेन्सन पाकेपछि जागिरबाट राजीनामा दिएर राजनीतिमा लाग्यो ।  

एउटा पार्टीमा लागेपछि समाजको सेवा गर्दै हिँड्यो । जनताको सेवा गरेपछि जनताले भोट पाएर जित्न सकिन्छ  भनेर लुमडीले सोच्यो । राजनीतिमा लागेको डेढ वर्षपछि चुनाव हुने भयो । तर, पार्टीले उसलाई टिकट भने दिएन ।  

पार्टीले टिकट नदिएपछि उसलाई नमीठो लाग्यो । उसले पछुताउँदै भन्यो, ‘सपनामा देखेको कुरा पूरा हुन्छ भनेर मैले पेन्सन पाक्नेबित्तिकै जागिर छोडे तर पाइनँ । मेरो ठूलो गल्ती भयो ।

प्रकाशित: १२ चैत्र २०७७ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App