२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

आऊ हामी एउटै बाचा कबुलको कुरा गरौं

गजल

जूनतारा होइन अब फूलको कुरा गरौँ,

तिम्रो हाम्रो एक साझा पुलको कुरा गरौँ ।

 

जातधर्म जेहोस् सद्भभाव कायम राखौं,  

थातथलो एउटै नै हो मूलको कुरा गरौँ ।

 

फुटेर होइन जुटी एकताको माला गासौँ,

एक हातले बज्दैन ताली हुलको कुरा गरौ ।

 

समृद्धि र विकासको विगुल फुक्नुपर्छ अब,

आऊ हामी एउटै बाचा कबुलको कुरा गरौं ।

प्रकाशित: ११ चैत्र २०७७ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App