२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मनाङ एयरका उडानमा प्रतिबन्ध

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ।

चीनमा उत्तर कोरियाली हवाई सेवाको उडान थपियो

उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ। स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ।

क्यानडाका सबै उडान रद्द

साउदी अरबको राष्ट्रिय ध्वजावाहक विमान सेवाले क्यानडाको टोरन्टोमा गर्दै आएको सबै उडान रद्द गर्ने भएको छ।

थाई लायनको नेपाल उडान सुरु

थाइल्यान्डको सस्तोमा उडान गर्ने (बजेट एयरलाइन्स) थाई लायन एयरले काठमाडौं उडान सुरु गरेको छ । यसले बैंककस्थित डन मुएङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि सातामा तीन उडान गर्न थालेको हो।

दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन्। फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उनले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिए।

उपप्रधानमन्त्री यादवले उडान ४५ मिनेट ढिलो गराए: थाइ एयरवेज (भिडियो)

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलवार दिउँसो त्रिभुवन विमानस्थल पुगेर भिन्न शैलीको शक्ति प्रदर्शन गरेका छन्। थाइल्याण्ड जान लागेका उनी मंगलवार नै पासपोर्ट बनाएर उडानको अन्तिम समयमा एयरपोर्ट पुगेका थिए।

‘अन्नपूर्ण’को काठमाडाैं-दिल्ली परीक्षण उडान

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले साेमबार परीक्षण उडान गरेको छ। निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले साेमबार अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिए। सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ।

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन्।

निगमले काठमाडौं-दुबई दैनिक उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले (नेवानि) काठमाडौं- दुबई दैनिक उडान गर्ने भएको छ। चार वर्ष पछि २०१६ अगष्ट १८ बाट युएईका लागि पहिलो उडान सुरु गरेको नेवानिले काठमाडौं -दुबई दैनिक उडान अगस्ट १ तारिकबाट सुरु गर्ने भएको हो।

कर्णाली तर्फका हवाई उडान बन्द, यात्रु अलपत्र

निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ।

बुद्धको काठमाडौं–बनारस नियमित उडान सुरु

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय धार्मिक सहर बनारसका लागि नियमित व्यापारिक उडान सुरु गरेको छ। काठमाडौँबाट बनारससम्मको  हवाई यात्रा  एक घण्टामा पुरा हुन्छ।

उडानमा खेलाँची गरेका विदेशी पाइलटको लाइसेन्स खारेज

उडान सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विदेशी पाइलटको उडान अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

उडानकै बेला पाइलटलार्इ हृदयघात

इन्डिगो एयरलाइन्सकाे एक विमानमा मुख्य पाइलटलाई उडानकै बेला हृदयघात भएपनि सामान्य ढंगले नै विमानलाई अवतरण गराएर सम्भावित दुर्घटना हुनबाट जाेगाएका छन्।

विवादास्पद अवालेलाई उडान भर्न दिन माग

विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब १ करोड रुपैयाँ जरिवाना ठहर गरिएका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई पुनः जहाज उडाउन दिन नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ।

नेपालगन्ज–दिल्ली उडान गर्न बुद्धको निवेदन

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्ज विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्