२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ’ पुस्तक सार्वजनिक

स्वर्गीय प्रा.डा. इन्जिनियर दीपक भटराईद्धारा लिखित ‘सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ’ नामक पुस्तक विमोचन भएको छ।

समयमै पुस्तक नआउँदा दृष्टिविहीनलाई समस्या

सामान्य विद्यार्थीहरुको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ। पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताए।

अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक विमोचन

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा ‘अक्सफोर्ड न्यु पाथ फाइन्डर : एन इन्टरएक्टिभ कोर्स इन इङ्लिस’ पुस्तक विमोचन गरिएको छ।

‘श्रमजीवीलाई सम्मान गर्न सिकाउँछन्’

मैले जीवनमा जे जति सकारात्मक कुराहरू सिकेको छु, निःसन्देह ती अधिकांश पुस्तकबाटै हासिल गरेको छु। अज्ञानता र असभ्यताको भासबाट मलाई एक सीमासम्म उकास्ने काम पनि पुस्तकहरूले नै गरेका हुन्। कतिपय अवस्थामा पुस्तकले मेरा सामु जीवनको अर्थ के हो, जीवनमा मानिसको स्थान के हो र कहाँनिर छ भन्ने कुराका बारेमा अन्तज्र्ञान गराउने काम गरिरहन्छन्।

‘जि वया ला लछि मदुनि...’

बुहारीले भन्छिन्– म आएको एक महिना भएको छैन, तपाईंको छोरा ल्हासा जान्छु भन्छ ! पानी नभएको पोखरीमा कमल कसरी फुल्न सक्छ ?

‘बसाइँ’ का लेखकको नाममा पुस्तकालय

‘बसाईं’ उपन्यासका लेखक लीलबहादुर क्षत्रीको नाममा पुस्तकालय स्थापना भएको छ। हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पीपलडाँढा माविमा सो पुस्तकालय स्थापना भएको हो।

दुई रूपैयाँमै पुस्तक

प्रदर्शनीका सहव्यवस्थापक महेश्वर थापा मगरले मेलामा दुईदेखि १४ सय रूपैयाँसम्मका पुस्तक राखिएको जानकारी दिए। प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा धर्म, दर्शन, इतिहास र अनुसन्धानमा आधारित पुस्तक राखिएका छन्।

आमाछोरीका दुई पुस्तक सार्वजनिक

प्रतिभाशाली आमाछोरीप्रति आभार प्रकट गर्दै उनले नारीशक्ति र मातृशक्ति कहिल्यै नमर्ने दाबी गरिन्। नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य गीता त्रिपाठीले पारिवारिक संस्कारलाई अघि बढाउन नसके बालबालिकाहरु साहित्यमा प्रवेश गर्न नसक्ने बताइन्।

‘भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बिक्छन्’

पछिल्लोपटक दुर्गा सुवेदीको पुस्तक ‘विमान–विद्रोह’ पढेँ। यसमा कांग्रेस पार्टीका निम्ति कोष चाहिएकाले राष्ट्र बैंकको पैसा बोकी विराटनगरबाट काठमान्डु जाँदै गरेको हवाईजहाज अपहरण (सन् १९७३) गरेर पैसा लुटेको तर त्यस्तो ज्यानको बाजी राखेर काम गर्ने सुवेदीलाई कांग्रेस पार्टीले ‘युज एन्ड थ्रो’ गरेको, अपहरण गरेर हासिल गरेको पैसा पनि कोइराला परिवारले दुरुपयोग गरेको (बीपी कोइरालाले समेत स्विकारेको) कुराहरूको विवरण उल्लेख गरिएको छ।

बन्दीका लागि पुस्तक हस्तान्तरण

जिल्ला कारागार स्याङ्जामा रहेका बन्दीका लागि शुक्रबार पुस्तक हस्तान्तरण गरिएको छ। बन्दीलाई कानूनी तथा शैक्षिक जनचेतना जगाउनुका साथै पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपोका अध्यक्ष निगम पौडेलले बताए।

‘हजुरआमाको कथा’ र ‘आमाले सक्नुहुन्छ’

आन्विका र अमृताका दुई किताब यसपालिको तिहारमा दाइले बहिनीलाई, दिदीले भाइलाई, छोराले आमालाई, बाजेबज्यैले नातिनातिनीलाई दिने राम्रो उपहार हो।

दसैंमा दश पुस्तक

वर्तमान सरकारले विदेशबाट किताब आयात गर्दा कर लगाएका कारण नेपालका किताब पसलहरुमा विदेशी पुस्तकहरुको अभाव भएपनि नेपालका प्रकाशकहरुले हप्तैपिच्छे विभिन्न नयाँ पुस्तकहरु सार्वजनिक गरिरहेका छन्।

दसैंअघि धमाधम पुस्तक सार्वजनिक

दसैंलाई केन्द्रित गरेर प्रकाशन गृह र साहित्यकारहरु धमाधम आ–आफ्नो पुस्तक सार्वजनिक गरिरहेका छन्। यता पाठकहरु दसैंमा पुस्तक पढ्ने योजनासहितका स्ट्याटस लेख्दै सामाजिक सञ्जाल पुस्तकका चाङ राखेर फोटो राखिरहेका छन्।

बढ्यो दसैं लक्षित पुस्तकको बजार

दसैंलाई केन्द्रित गरेर प्रकाशन गृह र साहित्यकारहरु धमाधम आ–आफ्नो पुस्तक सार्वजनिक गरिरहेका छन्। यता पाठकहरु दसैंमा पुस्तक पढ्ने योजनासहितका स्ट्याटस लेख्दै सामाजिक सञ्जाल पुस्तकका चाङ राखेर फोटो राखिरहेका छन्। पुस्तक पढ्ने पाठकहरु दसंै छुट्टीको सदुपयोग गर्न विभिन्न पुस्तक किन्न लागिपरेका छन्।

‘सरकारका काण्डै–काण्ड’ सार्वजनिक गर्दै देउवा र शशांकले भनेः सरकारका काला कर्तुत जान्नुस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले ‘नेपाल सरकारका काण्डै–काण्ड’ पुस्तक सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्