२४ वैशाख २०८१ सोमबार
image/svg+xml

जसपामा समानान्तर अभ्यास गर्दै रेणु

जनता समाजवादी पार्टी (जसपा)मा पार्टी अध्यक्ष उपेन्द्र यादव र पार्टीकी कार्यकारिणी समिति सदस्य रेणु यादववीच झगडा सुरु भएको छ।

जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङगठन र समिति अद्यावधिक हुनुपर्ने

जनता समाजवादी पार्टी, (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ।

जसपामा यादव झनै शक्तिशाली

केन्द्रीय सचिवालयको अध्यक्षता गर्ने र सचिवालयले गरेका निर्णयहरू कार्यान्वयन गर्ने अधिकार पनि कार्यकारिणी अध्यक्षलाई छ। यसैगरी नयाँ विधानमा कार्यकारिणी समितिका अध्यक्षलाई आवश्यक परे पार्टीको केन्द्रीय समिति बैठकमा निर्णायक मत दिने अधिकार दिइएको छ। यस्तो अधिकार संघीय परिषद् अध्यक्षलाई छैन।

जसपामा फेरि किचलो

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन्।

उपेन्द्र यादवको पक्षमा कार्यकारिणी सदस्य थपिँदै

जसपामा उत्पन्न विवादका कारण कार्यकारिणी समितिका सदस्यहरू अध्यक्षद्वय यादव र ठाकुर पक्षमा विभिाजित भएका छन्। अहिलेसम्म कार्यकारिणी समितिका ३२ जना यादवको पक्षमा र १९ जना ठाकुरको पक्षमा खुलेका छन्। ठाकुर पक्षका राजकिशोर यादवले आफू कुनै पक्षमा नलागेको प्रष्ट पारेका छन्।

जसपामा २४ घण्टे स्पष्टीकरणको जुहारी

जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन्। यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ। दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो।

जसपामा कारबाहीको होडबाजी

केपी ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने कि विकल्प खोज्ने भन्ने विषयलाई लिएर जसपामा उत्पन्न विवाद चर्किंदै जाँदा पार्टी नै विभाजन हुने अवस्थामा देखिएको छ। ठाकुर–महतो पक्ष ओली सरकारको पक्षमा उभिएको छ भने भट्टराई–यादव पक्ष विपक्षमा छ।

जसपामा दुई धार कायमै

जसपामा अध्यक्ष उपेन्द्र यादव समूह ओलीको विकल्पमा नयाँ गठबन्धन बनाउन सक्रिय भएको छ भने अर्का अध्यक्ष महन्थ ठाकुर यसको विपक्षमा देखिएका छन्।

उपेन्द्रसँग नजिकिए महतोः जसपामा ओलीविरोधी लाइन बहुमतमा

जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् ।

बहुमत जुटाउन जसपामा दुवै पक्ष सक्रिय

दुवै पक्षका शीर्ष नेताहरू सोमबारदेखि आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यसँग सम्पर्कमा छन्। आफूनिकट सांसदलाई अर्को कित्तामा जान नदिन दुवै पक्षका शीर्ष नेता सक्रिय देखिएका छन्। दुवै पक्षले आफूनिकट सांसदको हस्ताक्षर संकलन गर्ने तयारी गरेको स्रोतको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्