२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपामा समानान्तर अभ्यास गर्दै रेणु

जनता समाजवादी पार्टी (जसपा)मा पार्टी अध्यक्ष उपेन्द्र यादव र पार्टीकी कार्यकारिणी समिति सदस्य रेणु यादववीच झगडा सुरु भएको छ।

जस कारण मधेस प्रदेशका विभिन्न जिल्लामा जसपाको समानान्तर समितिहरू गठन हुन थालेका छन। अहिलेसम्म पर्सा र सप्तरीमा समानान्तर कमिटी गठन भइसकेका छन भने अन्य जिल्लामा पनि गठन गर्ने तयारी भएको असन्तुष्ट नेताहरूले जनाएका छन्।

सप्तरी जिल्ला उपेन्द र रेणु दुबैको गृह जिल्ला हो। केही दिन अघि मात्र पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षसँग निकट मानिएको जसपा सप्तरीको नेतृत्व विरुद्ध समानान्तर कमिटि गठन गरिएको छ। समानान्तर कमिटि गठन गर्ने काम रेणु आफैले गरेकी हुन। पार्टी अध्यक्ष उपेन्द्रले सप्तरीको अध्यक्षमा आफू निकट नेता केदार यादवलाई बनाएका छन तर केदारको विरोधमा रेणुले उमेश यादवको नेतृत्वमा अर्को कमिटि गठन गरेकी छन। समानान्तर कमिटिको नेतृत्व उमेश यादवले गरेका छन्। रेणुलाई पार्टीका केन्द्रीय सदस्य सैलेन्द्र साह, सूर्यनारायण यादव, विनोद यादव लगायतका नेताहरूले सक्रिय साथ दिएका छन्। समानान्तर कमिटी हुँदा यी नेताहरू उपस्थित भएका थिए।

यसैगरी पर्सामा रामनरेश राय यादवको विरुद्ध समानान्तर समिति गठन गरिएको छ। समानान्तार समितिको अध्यक्षमा सिंहासन तेलीलाई चयन गरिएको छ। तेली पार्टीका नेता पूर्व मन्त्री प्रदीप यादवसँग निकट मानिन्छन भने राय यादव पार्टी अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन।

पर्सा र सप्तरीमा समान्तार समिति गठन गर्ने तयारी हुँदा समेत पार्टी अध्यक्ष उपेन्द्र यादवले चासो नदेखाए पछि कमिटि गठन भएको कार्यकारिणी समिति समिति सदस्य रेणु यादवले बताइन। ‘समानान्तर समिति गठन नगर्न पार्टीका केन्द्रीय अध्यक्ष ज्युले पहल गर्नु भएन। समानान्तर कमिटिी गठन हुदैछ भन्ने समेत उहाँलाई थाहा थियो। त्यसलाई रोक्न उहाले पहल गर्नु भएन,’रेणुले भनिन,‘जिल्ला तहको विवाद रोक्न र समास्या सामधान गर्न केन्द्रीय अध्यक्ष ज्युले चासो देखाउनु पर्ने हो। तर यसमा उहाँ चुकेको देखिन्छ।’

पछिल्लो १७ महिना देखि उपेन्द्र र रेणवीच सम्बन्ध विग्रेको छ। भौतिक पूर्वाधारमन्त्री भएको बेला उपेन्द्रले रेणुलाई फिर्ता बोलाउने निर्णय गरेका थिए।त्यो पनि असार महिनाको मध्यतीर फिर्ता बोलाउन दबाब दिइएको थियो।आफूलाई मन्त्रीबाट फिर्ता बोलाउन दबाब दिए पछि रेणु पार्टी अध्यक्षसँग चिढिएकी थिइन।

पछिल्लो १७ महिना देखि उपेन्द्र र रेणवीच सम्बन्ध विग्रेको छ। भौतिक पूर्वाधारमन्त्री भएको बेला उपेन्द्रले रेणुलाई फिर्ता बोलाउने निर्णय गरेका थिए। त्यो पनि असार महिनाको मध्यतीर फिर्ता बोलाउन दबाब दिइएको थियो।आफूलाई मन्त्रीबाट फिर्ता बोलाउन दबाब दिए पछि रेणु पार्टी अध्यक्षसँग चिढिएकी थिइन। ‘असारको मध्यतीर सरसल्लाह नगरी एकै पटक फिर्ता बोलाउनु भनेको मान मर्दन गर्नू थियो’रेण निकट एक नेताले भने। तर उपेन्द्र यादव निकट नेताहरू भने रेणुलाई फिर्ता बोलाउनु पार्टीको निर्णय भएको बताउछन।

 ‘६/६ महिनामा मन्त्री फेरबदल गर्ने पार्टीको पहिलकै निर्णय नै हो। अध्यक्ष ज्युले पार्टीको निर्णय कार्यान्वयन गर्नु भएको मात्र हो’उपेन्द्र निकट एक नेताले भने। पछि पार्टीको निर्णय कार्यान्वयन गर्न भन्दै रेणुले मन्त्रीबाट राजिनामा गरिन। मन्त्रीबाट राजिनामा गरे पछि रेणु लामो समय जसपाको राजनीतिबाट निष्कृय भइन। निष्कृय हुँदा यहासम्म कि पार्टीको जिम्मेवारीबाट समेत राजिनामा गरेकी थिइन। त्यसको करिब ६ महिना पछि मात्र पार्टीमा सकृय भएकी थिइन। जसपाका पवक्ता मनिष सुमनले भने सप्तरी र पर्सामा समानान्तर कमिटि गठन भएको विषयलाई लिएर पार्टीभित्र विवाद सिर्जना भएको रुपमा बुझ्न नहुने बताए। ‘यो जिल्ला तहको अन्तर संघर्ष हो। यस विषयलाई लिएर पार्टी भित्रको विवादको रुपमा लिनु हुदैन,’सुमनले भने।

प्रकाशित: २५ कार्तिक २०८० १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App