७ आश्विन २०८१ सोमबार
image/svg+xml

अवैध मोबाइल सेट चाँडै बन्द : सञ्चार राज्यमन्त्री

सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले अवैध रुपमा नेपाल भित्रिएका मोबाइल ह्यान्ड सेट तत्काल बन्द गराउने प्रक्रिया अघि बढेको बताएका छन्।

के एल टावरमा मोबाइल एक्सचेन्ज अफर

केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा अब नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यसअघि एउटा मोबाइल किन्दा अर्को सित्तैमा वितरण गरिरहेको मोबाइल हबले मोबाइल एक्सचेन्ज अफर सुरु गरेको हो।

चार्जमा राखेको मोबाइलबाट घरमा आगलागी

सर्लाहीको वागमती नगरपालिका स्थित चार्जमा राखेको मोबाइल पड्किँदा घरमा आगलागी भएको छ। सामसुङ कम्पनीको मोबाइल पड्कदा निस्केको आगोले आइतबार दिउँसो वागमती नगरपालिका–४ स्थित अनिल थापाको घरमा आगलागी भएको उक्त वडाका अध्यक्ष कृष्णबहादुर लामाले जानकारी दिए।

केएल मोबाइल हबमा एउटा किन्दा अर्को सित्तै

केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्देश्यले अफर ल्याइएको हबले जनाएको छ । मेलाको सुरुवात गर्दै मोबाइल हबले दसैं, तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेता चयन गोलाप्रथाबाट गरेको छ।

सामसङ मोबाइल एक्सचेन्ज मेला

तपाईंसँग पुरानो मोबाइल छ । कि, पुरानो मोबाइल बिक्री गरेर नयाँ किन्ने सोचमा हुनुहुन्छ । यसो हो भने, सामसङले उपत्यकाको सात ठाउँमा नयाँ मोबाइल किन्ने योजना ल्याएको छ । यस अन्तर्गत सर्वसाधारणले पुरानो मोबाइल साटेर नयाँ मोबाइल सजिलै किन सक्नेछन्।

केएल मोबाइल हबमा मोबाइल मेला

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै केएल मोबाइल हबले बाई वान गेट वान फ्री अफर सहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटी स्थित केएल टावरको भुइँ तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित मोबाइल मेला आयोजना गर्न लागेको हो ।

यी हुन् मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ति र संस्था

मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ती को होला? नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षभरीमा सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं, बौद्धका कुलमान घिसिङ रहेका छन्। उनले एक वर्षमा आफ्नो पोष्टपेड मोबाइल नम्बरबाट १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ ४० पैसा खर्च गरेका छन्।

अब १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ।

कामोन आई ब्रान्डका मोबाइल

ट्रान्ससन् नेपालले हालसालै कामोन आइ ब्रान्डका नयाँ मोबाइल सेट बजारमा ल्याएको छ । कम्पनीले करिब ४ महिनाअघि आइटेल, टेक्नो र अटोइमा मोबाइल सेट नेपाली बजारमा भित्र्याएको थियो । यी तीन ब्रान्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको जनाएको कम्पनीले कामोन आईले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने बताएको छ ।

दैनिक १४ हजार मोबाइल सेट आयात

मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उलेख्य वृद्धि भएको छ । सरकारको पछिल्लो तथ्यांक अनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् ।नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो २१ महिनामा झन्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् । उक्त तथ्यांकलाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ ।

दिल्लीमा सगुनको मोबाइल एप्स सार्बजनिक, श्रद्धा र मन्दिराले गरे शुभारम्भ

सामाजिक सञ्जालको क्षेत्रमा उदय हुँदै गरेको सोशल कमर्श प्लेटफर्म सगुनको बहुप्रतिक्षित मोबाइल एप्स सार्वजनिक भएको छ। एन्ड्रोइड भर्सनमा उपलव्ध सगुनको एप्स नयाँ दिल्लीको बाह्रखम्वा रोडस्थित द ललित होटलमा भएको एक भव्य समारोहमा बलिउड अभिनेत्री श्रद्धा कपुर र टीभी पर्सनालिटी मन्दिरा बेदीले एकसाथ शुभारम्भ गरे।

मोबाइल चोरी विवादले सहकर्मीको हत्या

मोबाइल चोरी गरेपछिको विवाद बढ्दै जाँदा एकसाता अघि सराङकोटमा निर्माणाधिन होटलमा काम गर्ने सहकर्मी हत्या भएको खुलेको छ।

मोबाइलले फिल्म खिच्ने प्रतियोगिता

अत्याधुनिक क्यामराले खिचिएका फिल्म तथा वृत्तचित्रको महोत्सव राजधानीका दर्शकका लागि नयाँ रहेनन् । यस्तै क्यामराले खिचेका फिल्म तथा वृत्तचित्रको महोत्सव ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल’ को १५ औं संस्करण राजधानीमा जारी छ । तर, आइतबार मोबाइलबाट खिचिने फिल्मको पनि प्रतियोगिता घोषणा गरिएको छ ।

मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्दो

बैतडी- पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् ।  फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्